back

माथिल्लो त्रिशूली ‘थ्री ए’ आयोजना: ऋणको अवधि पाँच वर्ष थप्न चिनियाँ पक्षलाई आग्रह

वि.सं.२०७३ मंसिर १० शुक्रवार

783 

shares

g'jfsf]6 / /;'jfd lgdf{0f eO{/x]sf] dflyNnf] lqz"nL y|L P sf] /;'jfsf] ;Nn]6f/l:yt afFw:yn . afFwsf] sfd %) k|ltzt ;lsPsf] 5  . 7]s]bf/ sDkgLn] zlgaf/ afFwdf kfgL k|j]z u/fPsf] 5 .  t:jL/M gjbLk >]i7÷/f;;

काठमाडौँ । गोरखा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य चाँडै सुरु हुने भएको छ ।

कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्नेमा भूकम्पका कारण ढिलाई भएको हो । संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक÷पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि कसरी अगाडि बढाउने भन्नेबारे निर्णयमा नपुग्दा समस्या भएको छ ।

आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकलाई पाँच वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले आग्रह गरेपछि चिनियाँ पक्ष सहमत भएको बताइएको छ । अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरोकारवाला निकायका बीच भएको छलफलमा सो आयोजना अगाडी बढाउन चिनियाँ पक्ष सहमत भएको हो ।

निर्माणको जिम्मा लिएको चाइना गेजुवा गु्रप अफ कम्पनी (सीजीजीसी)ले यही मङ्सिर अन्तिम साताबाट निर्माण कार्य अघि बढाउने भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताउनुभयो । बाँधको दुवैतर्फका संरचना नेपाल सरकार आफैले निर्माण गनुपर्नेछ । सो कार्यका लागि अर्थ मन्त्रालयले रु ६१ करोड बजेट उपलब्ध गराउने भएको छ ।

विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्पका कारण ढिलाइ भएको हो । आयोजनाको मुख्य काम रोकिएको भए पनि प्रसारण लाइनको काम भने भइरहेको छ । कुल २६ वटा टावरमध्ये २४ वटाको फाउन्डेसनको काम अगाडि बढेको छ । केही स्थानमा मुआब्जामा चित्त नबुझाएर स्थानीयवासीले अवरोध गरे पनि प्रसारण लाइन निर्माणमा खासै समस्या नरहेको बताइन्छ ।

भूमीगत (सुरुङभित्रै) विद्युत् उत्पादन गर्ने संरचना निर्माण गरी नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युतगृह बनाउने योजना अनुसार अघि बढेको काम भूकम्पले बाँध पुग्ने सडकमा क्षति पु¥याएपछि आयोजना रोकिएको थियो ।

उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्मको पाँच किलोमिटर सडक सुचारु नहुदाँ रु आठ अर्ब ९० करोडको आयोजना अलपत्र परेको थियो । पहुँच मार्गसँगै मुख्य समस्या बाँधको दायाँतर्फको पहिरो र सुरुङ मार्गको प्रवेश विन्दुमा आएको पहिरोले आयोजना निर्माण रोकिएको हो । सडक खुलाउनका लागि नेपाली सेनालाई जिम्मा दिने तयारी गरिएको छ ।

सेनाले यसअघि पनि उक्त आयोजनाको पहुँचमार्ग सुधार गरेको थियो । तर वर्षातको समयमा पुनः पहिरो झरेपछि आयोजनाको पहुँचमार्ग अवरुद्ध हुँदै आएको छ । भूकम्पपछि ठेकेदार निर्माणमा नफर्कदा, सडक मार्ग सुचारु नहुँदा माथिल्लो त्रिशूली ‘थ्रि ए’ लामो समयदेखि अलपत्र बनेको थियो । ‘थ्रि ए’ निर्माण गरी त्यसको पानी बाँध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्रि बी’ र ६५ मेगवाट क्षमताको मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना निर्माण गर्ने तयारी भए पनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका छन् ।

भूकम्पले माथिल्लो त्रिशुली ‘थ्रि ए’ आयोजनाको चार हजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा समेत क्षति पुगेको थियो । सन् २०११ को जुनबाट काम सुरु भएकोे आयोजना २०१४ को मे र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा सम्पन्न गर्ने गरी चीनको चाइना गेजुवा गु्रप अफ कम्पनीले ठेक्कामा लिएको थियो ।

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका उच्च अधिकारीलगायतले केही समय पहिला स्थलगत अध्ययन गरी उक्त आयोजनाको निर्माण शीघ्र सुरु गर्न आवश्यक पहल गर्ने बताउनुभएको थियो । निर्माणस्थलमा ठेकेदारले बिमा कम्पनीका प्रतिनिधि लगेर थप अध्ययन गर्ने र निर्माण सामग्रीलगायत संरचनामा पुगेको क्षतिको समेत मूल्याङ्कन गर्नेछ । भूकम्पका कारण ठेकेदारले करिब रु एक अर्ब बराबरको क्षती पुगेको दावी गर्दै आएको छ । निर्माण सुरु गरेको डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गर्ने तयारी गरिएको आयोजना प्रमुख जोशीको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०९:५६ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित...