back
CTIZAN AD

सानीमा बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी २५.७५ रुपैयाँ पुग्यो

वि.सं.२०८३ साउन ११ सोमवार

63 

shares

काठमाडौं। सानीमा बैंकले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकको करपछिको नाफा (Profit After Tax) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले वृद्धि भई ३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।

बैंकका अनुसार प्रति सेयर आम्दानी (EPS) पनि उल्लेख्य रूपमा बढेर २५.७५ रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो १८.९४ रुपैयाँ रहेको थियो। त्यसैगरी, बैंकको रिटर्न अन इक्विटी (ROE) ११.७० प्रतिशतबाट बढेर १४.३९ प्रतिशत पुगेको छ।

बैंकको प्रति सेयर वितरणयोग्य नाफा पनि वृद्धि हुँदै २०.८५ रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १५.४८ रुपैयाँ थियो।

व्यवसाय विस्तारतर्फ पनि बैंकले सकारात्मक प्रगति गरेको छ। बैंकको कर्जा तथा सापटी (Net Loans and Advances) ११.१९ प्रतिशतले वृद्धि भई २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कुल निक्षेप १०.८४ प्रतिशतले बढेर २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

बैंकले आफ्नो पूँजीगत अवस्था पनि मजबुत बनाएको जनाएको छ। असार मसान्तसम्म टियर–१ क्यापिटल एडिक्वेसी रेसियो १०.१७ प्रतिशत तथा कुल क्यापिटल एडिक्वेसी रेसियो १३.१० प्रतिशत रहेको छ।

यता, बैंकको ग्रस नन–परफर्मिङ एसेट (NPA) पनि सुधारिएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३.०१ प्रतिशत रहेको ग्रस एनपीए घटेर २.८७ प्रतिशत मा झरेको बैंकले जनाएको छ।

बैंकको वित्तीय सूचकहरूमा देखिएको सुधारले नाफा, पूँजीको अवस्था, निक्षेप तथा कर्जा विस्तारसँगै सम्पत्ति गुणस्तरमा समेत सकारात्मक प्रगति भएको संकेत गरेको छ।

वि.सं.२०८३ साउन ११ सोमवार १०:५७ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...