२३ भदौ, काठमाडौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक उमेश कुमार चौधरीको आवाजमा सजिएको ‘मायाको गाउँमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेममा बाधिएका प्रेमी प्रेमीकाको प्रेमील चाहनाहरुलाई गीतमा समेटिएको छ । आफ्नी मायालुको गाउँमा सपनाका सुनौलो सपनाहरुलाई साकार बनाउनको लागी निकै आतुर रहेका छन ।
नवराज उप्रेतीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका भिडियो निर्देशक जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ ।
‘मायाको गाउँमा’ गीतमा सर्व्जित शाह र अनु पराजुलीको अभिनय रहेको भिडियोमा कमल गजमेरको शब्द तथा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।
वि.सं.२०७६ भदौ २३ सोमवार ०९:३० मा प्रकाशित


























