back
CTIZAN AD

डेंगु लाग्न नदिन यस्तो सल्लाह दिन्छन् डा. कल्याण, लागि हाल्यो भने के गर्ने त ?

वि.सं.२०७६ भदौ २३ सोमवार

3.9K 

shares

अहिले देशभरीका झण्डै ४८ जिल्लामा डेंगुको संक्रमण देखिएको छ । जसमा ३ हजार ५८० जना भन्दा बढीलाई डेंगु लागेको, ४ जनाले ज्यान गुमाएको र देशभरी झण्डै ७० हजार सर्वसाधारण डेंगुबाट प्रभावित बनेको विभिन्न तथ्यांकले देखाएका छन् ।

डेंगुको रोकथाम नहुँदा प्रतिनिधिसभाको बैठकमा पनि यो विषयले जर्वजस्त प्रवेश पाइरहेको छ । डेंगु नियन्त्रण गर्न नसकेको आरोप सरकारमाथि आइपरेको छ ।

डेंगुका कारण कृषिमन्त्री चक्रपाणी खनाल, वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत मात्र नभएर टेकुस्थित सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकलमै कार्यरत ३ डाक्टर र १२ कर्मचारी समेत डेंगुबाट संक्रमित भएको समाचार आइरहेका छन् ।

जताततै डेंगु संक्रमणको डरले सर्वसाधारण आक्रान्त समेत बनिरहेका छन् । तर, डेंगु भएको अवस्थामा प्रसस्त डाइट, आराम गरेमा डेंगु आफै निको हुन्छ भन्छन् डा. कल्याण सुवेदी ।

Aedes जातको लामखुट्टले डेंगुरोग फैलाउँछ । जब डेंगु भएको Aedes लामखुट्टले हामीलाई टोक्छ तब हाम्रो शरीरमा डेंगुको भाइरस छिर्छ । अति उक्त भाइरस हाम्रो शरीरमा थप फैलन्छ ।

डेंगु भएको लामखुट्टले हाम्रो शरीरमा भाइरस सारेको केही दिनमा ज्वरो आउने, वाकवाकी लाग्ने, मांशपेशी र जोर्नी दुख्ने, निकै थकित बनाउने, टाउँको दुख्ने, आँखाको गेडी दुखेको महसुस हुने र निकै कमलाई गम्भीर अवस्थामा नाक र मुखबाट रगत आउने, दिशामा रगत देखिने, शरिरका मसिना रक्तनली leak   भएर रगतमा हुने तरल पदार्थ बाहिर निस्कनाले ब्लडप्रेशरको कमी हुने, शरिरका अन्य अंगमा असर हुने, होस गुमाउने लगायतका समस्या समेत सुरु हुन्छ ।
प्राय राम्रो Diet र Rest विरामीले पाएमा यो आफै सन्चो हुन्छ । कुनै औषधि खानु नपर्ने पनि डाक्टर कल्याण्ड बताउँछन् ।

डाक्टर कल्याण्डका अनुसार रोग प्रतिरोधात्मक शक्ति कम भएका, बालबालिका, बुढापाका, सुत्केरी र दिर्घरोगीहरु जस्तै सुगर, हाइ ब्लडप्रेशर, मिर्गौला रोगी, मुटु आदिका समस्या भएर लामो समयदेखि औषधि खाइरहेकाले भने विशेष ध्यान दिनुपर्छ विचार नपुर्याउदा ज्यान जान पनि सक्छ ।

डेंगु प्राय आफै सन्चो हुने रोग भएको र डेंगुको भाइरस मार्ने कुनै औषधि उपचार नभएको बताउँछन् डा. कल्याण । साथै यो आफै सन्चो नभएर रोग फैलिदै गयो भने रोगले शरीमार पुर्याउने असरमात्र समाधान गर्न सकिन्छ ।

टेस्टहरु

उपचारका लागि अस्पताल गएपछि त्यहाँ डेंगु छ छैन भनेर अनुमान गर्ने NSI Antigen CBC liver Enzyme  तुरुन्त गरिन्छ ।
यसबाहेक अन्य रगत टेस्ट र Scan पनि गर्नुपर्ने हुन्छ । खासगरी डेंगु भएको निकै समय र अशक्त भएर अस्पताल गएको अवस्थामा ।

प्लेटलेस

रगतमा प्लेटलेसको Platelets को मात्रा झर्दै जान सक्छ । ५० हजार वा यो भन्दा अझै तल झरेर फेरि केही दिनमा आफैं संख्या बढ्छ । Platelets को संख्या घट्दै जाँदा शरीरको भित्री अंग र बाहिर समेत t Bleeding  हुन सक्छ । त्यसैले अलि बढी सर्तकता अपनाउनुपर्छ ।
त्यस्तै liver Enzymes हरु पनि बढ्छन् । ब्क्त् AST (SGOT), ALT (SGPT) पनि बढ्छन । पछि गएर विस्तारै नर्मल लेभलमा पुग्छन् ।

नेपालमा डेंगुको समस्या पहाडी भेगतर्फ पनि बढ्दो छ । पहाडतिर यसबारेमा धेरैलाई जानकारी छैन र यो चासोको विषय पनि त्यति हुँदैन । पहाडतिरका धेरै साना ठूला स्वास्थ्य चौकी र अस्पताल अझै डेंगु हो होइन भनेर एनएसआई NSI टेस्टको सुविधा अझै छैन । त्यसैले आफू नजिकका स्वास्थ्य चौकी र अस्पतालमा डेंगुको जाँच गर्न मिल्छ कि मिल्दैन भनेर बुझ्नुहोस् ।

उपचार

डेंगु लागेपछि कुनैपनि शारिरीक कामकार्य गर्नुहुँदैन । घर वरपर हल्का हिड्ने बाहेक अन्य कुरा गर्नु हुँदैन । मानसिक stress   पर्ने कुनै पनि काम गर्नु हुँदैन । आफ्नो नियमित जागिर पनि रोक्नुपर्छ । शरीरलाई दबाब पर्नेगरी बाहिरी कुराहरु कुनै पनि थप्नु हुँदैन ।

खानेकुरा

स्वस्थ्य खानेकुरा टाइम मिलाएर दिनको ५–६ पटक खानुहोस् । प्रसस्त फलफूलको रस र पानी पिउनुहोस् । माछा मासु खान रोक्नु पर्दैन । तर Dite Balance गरेर Moderate मात्रामा खानुपर्छ । सकेसम्म Bake, Grilled   वा Boil गरेको खानुपर्छ । शरीरलाई पचाउन सजिलो हुने तरिकाले खानुपर्छ ।

ज्वरो आएको कारण खाना नरुचेको भए सिटामोल खाएर ज्वरो घटाएर खानाखानु पर्छ । खाना नखाने वा खाना कम गर्ने गर्नु हुँदैन ।

वाक्वाक्ती लागेर खाना खान नसक्ने भए वाकवाक्ती नलाग्ने औषधि खाएर केही समयपछि खाना खानुपर्छ ।

ज्वरो हटाउन र जोर्नी दुखेको कमगर्न सिटामोल बाहेक अन्य कुनै पनि औषधि डाक्टरसँग सल्लाह नगरी खानु हुँदैन । Ibuprofen, Aspirin, naproxen जस्ता औषधिहरु खानै हुँदैन ।

डेंगु फैलन नदिन के गर्ने ?

आफ्नो घर वरपर तथा छरछिमेकमा समेत पानी जम्ने ठाउँ बनाउन दिनु हुँदैन । स–साना खाल्डाखुल्डी पुर्नुपर्छ । यो लामखुट्टको अण्डा पानी पूरै सुख्खा पारेपनि वा चर्को घाम लागेपनि जस्ताको तस्तै रहन सक्छ र अर्कोपटक पानी परेपछि पुन ः हुर्कन सक्छ । त्यसैले पानी कत्तिपनि नजम्ने उपाय गर्नुपर्छ । स–साना प्लष्टिक, फालिएका ट्युव, टायर, सिसा लगायत कुनै पनि पानी जम्न सक्ने वस्तुहरु हटाउनुपर्छ ।

त्यस्तै रोडको साइडको नालीमा कतै छोप्ने र कतै खुल्ला हुनु हुँदैन । कि त पूरा खुल्ला भएर घामको किरणले पानी सुकिहाल्ने बनाउनुपर्छ कि सबै बन्द गरेर लामखुट्टे र्छिन र निस्कन नमिल्ने बनाउनु पर्दछ ।

डेंगु फैलनेAedes लामखुट्टेले उज्यालो हुँदा मात्र टोक्ने हुँदा बाहिर बस्दा वा हिड्दा पातलो र लामो लामबाउले कपडा लगाउने । मिल्छ भने लामखुट्टे धपाउने वा लामखुट्टे नजिक आउन नदिने स्प्रे वा लोसन लगाउनुपर्छ ।

डेंगुरोग आफै सन्चो हुने र यसको उपचार घरमै गर्न मिल्ने भएपनि एक एकपटक अस्प्ताल गएर घर आएपछि पूरा आराम र डाइट लिने गर्दा पनि बान्तामा वा दिसा रगत देखियो, पेट अति दुख्न थाल्यो, शरीर निकै गल्यो र सिकिस्त भयो, बर्बराउने र बेहोस् हुने भयो, सास फेर्न गाह्रो हुने, शरीर चिसो हुँदै गयो भने विरामीलाई फेरि तुरुन्तै अस्पताल दौडाइहाल्नुपर्छ ।

समयमा रोग पत्ता लगाएर उपयुक्र्त उपचार गरेको खण्डमा डेंगुका कारण ज्यान जाँदैन ।

वि.सं.२०७६ भदौ २३ सोमवार ०९:४४ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...