back
CTIZAN AD

नेपाल पूर्वाधार सम्मेलन आजदेखि शुरु

वि.सं.२०७६ भदौ २५ बुधवार

807 

shares

२५ भाद्र, काठमाडौँ । समृद्धिको आधारका रुपमा रहेका पूर्वाधार निर्माणमा जोड दिने उद्देश्यले आयोजना गरिएको नेपाल पूर्वाधार सम्मेलन, २०१९ आजदेखि शुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा संयुक्तरुपमा आयोजित सो सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, चुनौती र अवसरका बारेमा साूमिहक छलफल हुनेछ । सम्मेलनका विभिन्न सात सत्रमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनकै क्रममा आयोजित ‘पूर्वाधार परिदृश्य’ विषयको सत्रलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अझै पनि ठूला पूर्वाधारमा निजी क्षेत्रले लगानी गर्न सक्ने अवस्था नदेखिएको भन्दै ठूला परियोजनामा राज्यले नै लगानी गर्नुपर्ने बताए । विगतमा निजी क्षेत्रले लगानीको घोषणा गरेको परियोजना अलपत्र परेको उहादरण दिँदै उनले ठूला पूर्वाधारमा हात नहाल्न सुझाव दिए ।

“केही वर्षअघि निजी क्षेत्रले काठमाडौँ–हेटौँडा सुरुङ मार्ग निर्माण गर्न खोज्यो तर सकेन”, विकसित मुलुकमा सडक, यातायात र सञ्चारजस्ता पूर्वाधारमा राज्यले लगानी गरेको उदाहरण प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “त्यसले निजी क्षेत्रले सडकमा लगानी गर्ने अवस्था नरहेको पुष्टि गरेकाले सरकारले नै लगानी गर्नुपर्छ ।”

जटिल भू–राजनीतिक अवस्थाको सही विश्लेषण गर्न नसक्दा निजी क्षेत्रको लगानीले परिणाम दिन नसकेको उनको भनाइ थियो । निजी क्षेत्रले अन्तरराष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकमा भने सरकारसँग मिलेर लगानी गर्न सक्ने उल्लेख गर्दैै पूर्वप्रधानमन्त्री भट्टराईले क्षमताबिना रेल्बेलगायत ठूला पूर्वाधारमा हतारमा लगानी नगर्न सुझाव दिए ।

अहिले नेपालमा निजी क्षेत्रले ऊर्जामा लगानी गर्न सक्छ तर तिनको लगानीका क्षमता कम हुने हुँदा ढुक्क हुनसक्ने अवस्था नभएको चर्चा गर्दै उहाँले वस्तु र सेवाको उत्पादनमा ध्यान दिएर बढीभन्दा बढी राजस्व वृद्धि गर्नेतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे ।

आर्थिक महाशक्तिका रुपमा उदाउन लागेका दुई छिमेकी मुलुकलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले दुवै छिमेकीलाई धम्क्याएर होइन, उनीहरूसँगै हिँड्न सुझाव दिए । अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा हुने छलफलबाट निस्केका निष्कर्ष कार्यान्वयनमा नल्याइनु दुःखद् भएको उनको गुनासो थियो ।

“कार्यान्वयन गर्ने पक्षमा गम्भीर कठिनाइ हुन्छ तर कसैको पनि नियत खराब छैन”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने, “तर परिणामा किन आइरहेको छैन ?”“कोशी, गण्डकी र कर्णाली करिडोरबाट भारत र चीन जोड्ने सडक बनाऔँ”, उनले जोड दिए, “काठमाडौँ र तराईलाई नजेडेसम्म समृद्धि आउँदैन, राजधानी केन्द्रित जनसङ्ख्या, विकास, अर्थतन्त्रलाई विकेन्द्रित गरौँ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले दिगो विकास लक्ष्य हासिल गर्न लगानीको आवश्यकता रहेको उल्लेख गर्दै पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताए । सार्वजनिक–निजी साझेदारीको आधारमा कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे ।

अर्थ मन्त्रालयका सचिव लालशङ्कर घिमिरले मलुकको ठूलो व्यापार घाटा न्यूनीकरण गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए । सरकारले लगानीमैत्री वातावरण बनाउन विभिन्न ऐन, कानून संशोधन गरेको र लगानीकर्ताले एकै स्थानबाट सम्पूर्ण सेवा पाउन सकून् भन्ने उद्देश्यले सरकारले एकल सेवा बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

“निजी क्षेत्र र वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरेको छ”, सचिव घिमिरेले भने, “निजी क्षेत्र र विदेशी लगानीकर्ताका लागि नेपालमा नाफा आर्जन गर्न उपयुक्त वातावरण छ ।”
एसियाली विकास बैंक (एडिबी)का महानिर्देशक उचुङ उनले जलवायु परिवर्तनसँग जुध्न सक्ने पूर्वाधार निर्माणमा जोड दिए । उनले विकासलाई सहभागितामूलक ढङ्गबाट अगाडि लैजानुपर्ने बताए । एडिबी नेपालको विकास साझेदार संस्थाका रुपमा रहेको उल्लेख गर्दै महानिर्देशक उनले नेपालका ठूला पूर्वाधारमा एडिबीले लगानी गरेको स्मरण गराए । एडिबीका पूर्वउपाध्यक्ष डा बिन्दु लोहनीले निजी क्षेत्रको लगानीलाई सुनिश्चित गराउन सरकारले लगानीमैत्री वातावरण निर्माण गरिदिनुपर्ने बताए ।

वि.सं.२०७६ भदौ २५ बुधवार १३:३३ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...