back
CTIZAN AD

गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्यो

वि.सं.२०७६ भदौ २८ शनिवार

774 

shares

२८ भाद्र, काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ । प्रतिबोरा रु ८०३.४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्र्रतिबोरा रु ७७८।४३ मा बिक्री गर्न थालेपछि गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्न पुगेको उदयपुर सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

प्रतिदिन चार हजार बोरादेखि छ हजार बोरासम्म बिक्री हुने गैँडा छाप सिमेन्टको मूल्य केही दिनअघि घटाएसँगै अहिले प्रतिदिन १० हजार बोराभन्दा माथि बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताउनुभएको छ ।

देशमा अन्य सिमेन्टको पनि मूल्य घटेका कारण गैँडा छाप सिमेन्टको पनि मूल्य घटाइएको र मूल्य घटाए लगत्तै सिमेन्ट बिक्रीमा दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । अहिले उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन गरिएको गैँडाछाप सिमेन्टको बिक्रेता डिलर भएका प्रदेश नं १, प्रदेश २, प्रदेश ३ र प्रदेश नं ४ मा बिक्री भइरहेको पनि उद्योग प्रशासनले बताएको छ ।

दैनिक पूर्ण क्षमतामा ८०० मेट्रिकटन सिमेन्ट अर्थात् १६ हजार बोरा उत्पादन गर्दै आएको यस उद्योगमा अहिले पनि झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट स्टक रहेका छन् । सिमेन्टको उत्पादनमा तीव्रता आइरहेका बेला मूल्य घटाएसँगै बिक्रीमा पनि दोब्बरले वृद्धि भएको उद्योग प्रशासनले बताएको छ । (

वि.सं.२०७६ भदौ २८ शनिवार १७:०४ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...