back
CTIZAN AD

कोलम्बियाद्वारा सन् २०३० को विश्वकप सहआयोजक हुन इच्छा व्यक्त

वि.सं.२०७६ भदौ २९ आइतवार

843 

shares

२९ भदौ, कोलम्बिया ।  कोलम्बियाका राष्ट्रपति इभान डोकुले सन् २०३० को विश्वकप फुटबलको सहआयोजक हुन तयार रहेको बताएको छ । उनले इक्वेडर र पेरुका साथमा मिलेर सन् २०३० का लागि दाबी प्रस्तुत गर्ने बताए ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले कोलम्बियाका राष्ट्रपति डोकु र पेरुका राष्ट्रपति मार्टिन भिजकारासँग भेट गरी उक्त प्रस्ताव अघि सरेका थिए । कोलम्बियाको लेटिसियामा आयोजित एक सम्मेलनका क्रममा राष्ट्रपति डोकुले भने, “इक्वेडरका राष्ट्रपतिले राखेको प्रस्तावलाई आफ्नो समर्थन रहेको बताए ।

राष्ट्रपति डोकुले विश्वकप फुटबल आयोजनाका लागि फिफासँग अनुरोधका सन्दर्भमा आवश्यक तयारी गर्न कोलम्बियाली अधिकारीहरुलाई निर्देशन दिइसकेको पनि जानकारी दिए ।

दक्षिण अमेरिकाबाटै सन् २०३० का लागि अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिलीले पनि संयुक्त दाबी गर्दैछन् । सन् २०३० को विश्वकप फिफा विश्वकपको १०० औं वर्षगाँठ हुनेछ । पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले जितेको थियो ।

वि.सं.२०७६ भदौ २९ आइतवार १४:१३ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...