back
CTIZAN AD

परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी

वि.सं.२०७६ असोज २ बिहीवार

846 

shares

२ असोज, काठमाडौँ । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार नियोजन सङ्घले आगामी दिनमा आफ्ना सेवालाई थप विस्तार गर्ने जनाएको छ ।

हाल सङ्घले देशका ३३ जिल्लाका ३०१ गाउँपालिकाका एक हजार २३२ सेवा केन्द्र, २२ चिकित्सकसहितको क्लिनिक, ५६ सामुदायिक क्लिनिक, पाँच प्रसूति सेवा केन्द्र, ८८ युवा सूचना केन्द्र र ५३ विद्यालय सूचना केन्द्रमार्फत करीब एक करोड जनसङ्ख्यामा आफ्नो पहुँच पु¥याएको छ ।

आगामी दिनमा सङ्घले आफ्ना सेवालाई विस्तार गर्दै हरेक पालिकामा पु¥याउने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । सङ्घको ६१औँ वार्षिकोत्सव र छैठौँ परिवार व्यवस्थापन दिवसका अवसरमा आज पुल्चोकमा आयोजित कार्यक्रमका सङ्घका कार्यकारी निर्देशक केपी विष्टले सो जानकारी दिँदै सेवा विस्तार गर्न सहयोग पु¥याउन आह्वान समेत गरे ।

सुरक्षित गर्भपतन सेवालाई कानूनी मान्यता, बृहत् यौनिकता शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश, युवामैत्री यौन तथा प्रजनन स्वास्थ्य, युवा सूचना केन्द्र, परिवार नियोजनमा बजेट वृद्धि गर्न, प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक तयार गर्न तथा यौनकर्मीका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि सङ्घले मुख्यरुपमा पैरवी गरेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय परिवार योजना कार्यक्रममा सङ्घको योगदान सबैभन्दा बढी १९, सुरक्षित गर्भपतन सेवाका १७ र परिवार नियोजन क्षमता अभिवृद्धिमा २८ प्रतिशत योगदान रहेको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले आगामी दिनमा परिवार योजना कार्यक्रममा लगानी वृद्धि गर्ने जानकारी दिँदै महानगरवासी स्वास्थ्य बनाउने नीति र कार्यक्रम रहेको जानकारी दिए ।

उनले भने, “महानगरपालिकाका हरेक विकास निर्माण संरचना अपाङ्गमैत्री बनाइनेछ । कोरियाली सरकारको सहयोगमा तीन वटा अपाङ्गमैत्री ट्याक्सी भित्राउने तयारीमा महानगरपालिका रहेको छ ।”

उनका अनुसार यस्ता ट्याक्सी दशैँ तिहार अगाडि नै महानगरपालिकामा गुड्नेछ । महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुखसमेत रहेका प्रमुख महर्जनले महानगरपालिकाको भवनलाई अपाङ्गमैत्री बनाउन भवनभित्र लिफ्ट जडान कार्य भइरहेको जानकारी दिए ।

अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष डा वीरेन्द्र पोखरेलले हरेक अपाङ्गता भएका किशोरी आमा बन्न चाहन्छन् तर तिनका अभिभावकले उनीहरुको गर्भाशय नष्ट गरिदिने चलन हटाउन निरन्तर पैरवीको आवश्यकता रहेको बताए ।

कार्यक्रममा उनले हालसम्म कति अभिभावकले आफ्ना अपाङ्ग किशोरीका गर्भाशय नष्ट गरिदिएका हुन् भन्ने जानकारी दिनुभएन । प्रजनन क्षमता भएका किशोरीलाई घरबाट बाहिर निस्कँदा जबर्जस्ती करणी गरी गर्भवती बनाइदिने डरले अभिभावकले त्यस्तो कार्य गर्ने गरेको उनले कार्यक्रममा बताए ।

सङ्घका राष्ट्रिय कार्यक्रम संयोजक सुवास श्रेष्ठ, कार्यक्रम अधिकृत अनिल बस्नेत र सङ्घका उपत्यका शाखा संयोजक शरद अर्यालले अपाङ्ग किशोर किशोरीका यौन तथा प्रजनन अधिकार सुरक्षित गर्न सङ्घले कार्यक्रम शुरुआत गरेको जानकारी दिए ।

विसं २०१६ मा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको निर्देशनमा तत्कालीन स्वास्थ्यमन्त्री द्वारिकादेवी ठकुरानीले आजको दिन १० जना स्वयंसेवी संस्थापक रहने गरी सङ्घको गठन गरेका थिए ।
पुतलीसडकमा कार्यालय रहेको सो कार्यालयको बाटोबाट आवतजावत गर्दासमेत ‘बिग्रयो ’भनेर समाजले हेर्ने चलन रहेको कार्यक्रम अधिकृत अर्यालले सुनाए । कार्यक्रममा राष्ट्रिय एचआइभी÷एड्स महासङ्घका कोषाध्यक्ष कविन्द्र खड्काले एचआइभी एड्सबाट पीडित ३० हजार २२८ मध्ये १६ हजार ५०० ले मात्र औषधि सेवन गरिरहेको जानकारी दिँदै बाँकीलाई खोजेर औषधिको पहुँचमा ल्याउन चुनौती रहेको बताए ।

वि.सं.२०७६ असोज २ बिहीवार १७:२६ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...