back

कारागारमा झडप हुँदा थुपै्र घाइते

वि.सं.२०७३ मंसिर १२ आइतवार

480 

shares
IME Limited
NTC AD

१२ मङ्सिर, गौशाला । महोत्तरी र धनुषा जिल्लाको संयुक्त कारागार जलेश्वर कारागारमा आज बिहान दुई समूहबीच झडप हुँदा दशभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । झडपमा आठ जना गम्भीर र चार जना सामान्य घाइते रहेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो । गम्भीर घाइते सबैलाई उपचारका लागि जलेश्वरस्थित शान्ति कम्युनिटी अस्पतालमा लगिएको छ ।

आज बिहान ११ बजेतिर कैदीबन्दीका दुई समूहमा दाउरा र फलामको डन्डीले दोहोरो हानाहान भएको चौकीदार श्रीनारायण महतोले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी निरीक्षक रवीन्द्र खनालको नेतृत्वमा गएको ५० जना प्रहरीको टोलीले कारागारभित्र पसी झडप नियन्त्रणमा लिएको थियो ।

यसबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०८:१३ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...