back
CTIZAN AD

सहाना अगुवा नेता: अध्यक्ष दाहाल

वि.सं.२०७६ असोज ६ सोमवार

816 

shares

६ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहाना प्रधान कम्युनिष्ट र राजनीतिक आन्दोलनमा अग्रणी नेता रहेका बताएका छन् । पाँचौँ सहाना स्मृति दिवसका अवसरमा सहाना प्रधान प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले प्रधानले गरेका योगदानका धेरै पक्ष रहेका बताए ।
“समग्रमा उनी नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिक आन्दोलनको एउटा अग्रणी नेता थिए”, उनले भने, “उनि नेपाली समाजको नेपाली रुपान्तरण र राजनीतिकलाई नेतृत्व गर्ने अगुवा नेताका रुपमा रहेका थिए ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले प्रधानजस्तो राजनीतिज्ञ, राणाशाही र तानाशाहीका विरुद्ध जीवनभर धेरै खालका अप्ठ्याराको सामन गरेर सङ्घर्ष गर्ने नेतालाई सम्मान गर्दा आदर्शका कुरा भुल्न नहुने बताए ।
उनले पुष्पलालले नेपाली समाज र माक्सवादको राम्रो विश्लेषण गरेर पार्टी स्थापना गरी अगुवाइ गर्दै स्थापना गरेको कम्युनिष्ट पार्टीबाट नै नेपालमा क्रान्ति र परिवर्तनको प्रक्रियालाई शुरु गरिएको उल्लेख गरे । उनले पुष्पलाल र प्रधानलगायत पुराना पुस्ताका धेरै नेताले त्याग, तपस्या, निष्ठा, मिहिनेतको जीवन व्यतित गरे पनि व्यक्तिगत पद प्रतिष्ठा, फाइदाका निम्ति क्रान्तिलाई प्रयोग नगरेका बताए ।

“नाम त अहिले कम्युनिष्ट नै छ, के साँच्चै कम्युनिष्ट नै छौँ त अहिले ? भन्न त हामीले समाजवादको यात्रा शुरु गर्ने भनेका छौँ, के हामीले समाजवादको यात्राका निम्ति योद्धा जस्तै छौँ त हामी ? या हामी बिस्तारै काङ्ग्रेस जस्ता र हिजोका निरङ्कुशतावादी जस्तै पद र प्रतिष्ठाका निम्ति लागेको छाँै”, अध्यक्ष दाहालले भने । हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गरेको उल्लेख गर्दै उनले भने, “भन्ने ठूलो कुरा होइन, ठूलो कुरा गर्ने भन्ने हो, हामीले के गर्ने भन्ने कुराको अर्थ र महत्व छ, हामीले के भन्छाँै भन्ने त्यति अर्थ छैन ।”

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधान कम्युनिष्ट आन्दोलन, महिला मुक्ति आन्दोलन, महिलाले पनि पढ्न पाउनुपर्दछ भनेर सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले पुष्पलालको निधनपछि प्रधानले पार्टीको अगुवाइ गरेको स्मरण गर्दै उनको योगदान अमर र अजर रहेको उल्लेख गर्नुभयो । उनले पार्टीमा अझै पनि महिलाको सन्तुलन कायम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट बनाउनमा उनको दृढता र दृष्टिकोण व्यापकता रहेको बताए । अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले राजनीतिक र महिला आन्दोलनको अद्वितीय नेताका रुपमा प्रधान रहेका बताए । उनले प्रधानले कहिल्यै व्यक्तिगत स्वार्थमा नलागी जनता र महिला मुक्तिका लागि त्याग र तपस्या गरेको बताए ।
उनले पार्टीमा अझै पनि महिलाप्रति न्याय हुन नसकेको भन्दै पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला पु¥याउनुपर्ने बताए । कार्यक्रममा प्रधानका छोरा उमेशलाल श्रेष्ठले आमाको योगदानलाई पार्टीले एक वर्षमा सम्झने गरेको बताए । प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले प्रधानका विचारलाई पार्टीले आत्मसात् गर्नुपर्नेमा जोड दिए । विसं १९८४ मा जन्मिनुभएका प्रधानको आजैका दिन विसं २०७१ मा निधन भएको थियो । (रासस)

वि.सं.२०७६ असोज ६ सोमवार १४:३८ मा प्रकाशित

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...