back
CTIZAN AD

सार्वजनिक भयो पत्रकार आचारसंहिता

वि.सं.२०७६ असोज ६ सोमवार

1.1K 

shares

६ असोज, काठमाडौँ । पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ ।

प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले आज यहाँ आयोजित कार्यक्रममा संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ ९परिमार्जित–२०७६० सार्वजनिक गरेका छन् ।

आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ–सङ्गठनका प्रतिनिधि पत्रकारहरुसँग धेरै चरणको छलफल, अन्तरक्रिया र प्राप्त रायसुझावमाथि गहन छलफलपश्चात् आचारसंहिता जारी गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रविधिमा आएकोे विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको जानकारी दिए ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सबै मिडियालाई समेटिएको यो आचारसंहितामा महासङ्घको पनि स्वामित्व रहेको उल्लेख गरे ।

स्वर्णजयन्तीका अवसरमा प्रेस काउन्सिलको निमन्त्रणामा साइप्रस, म्यान्मा, श्रीलङ्का, अफगानिस्तान, भारत र म्यान्मा प्रेस काउन्सिलका पदाधिकारीसमेत आइपुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आथित्यमा राष्ट्रपति निवास शीतल निवासमा विविध कार्यक्रम गरी स्वर्णजयन्ती मनाउन थालिएको छ ।

वि.सं.२०७६ असोज ६ सोमवार १६:४१ मा प्रकाशित

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

जनावरको सुरक्षित आवत–जावतका लागि बन्यो ‘क्यानोपी ब्रिज’

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...