back

जलविद्युत्को साठी प्रतिशत सुरुङ निर्माण

वि.सं.२०७३ मंसिर १३ सोमवार

498 

shares
GLOBAL IME AD
NTC AD

१३ मङ्सिर,बाबियाचौर (म्याग्दी) । म्याग्दीको नारच्याङ–१ मा घलेम्दी खोला जलविद्युत् आयोजनाको ६० प्रतिशत सुरुङ निर्माण भएको छ ।

घलेम्दी हाइड्रो लिमिटेडले विसं २०७१ देखि निर्माण सुरु गरेको पाँच मेघावाट क्षमताको आयोजनाको हालसम्म एक हजार २५ मिटर सुरुङ निर्माण भएको हो ।

इन्टेकतर्फबाट ३७० मिटर र विद्युत् गृहतर्फबाट ६५५ मिटर सुरुङ निर्माण भएको आयोजनाका निर्देशक अनन्तराज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी चैत महिनाभित्र बाँकी ६६० मिटर सुरुङ निर्माण सक्ने लक्ष्य राखिएको छ ।

कुनै अवरोध, विपद्, मजदुर र निर्माण सामग्रीको अभाव नभए आयोजनाबाट आगामी एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । बाँध, सुरुङको प्रवेशबिन्दुतर्फ नहर बनाउने र फोरवेबाट विद्युत्गृहतर्फ पानी खसाल्ने पेनस्टक निर्माणको काम भइरहेको छ ।

यसैगरी उपकरण र मेसिनरी सामान खरिदका लागि प्रक्रिया अघि बढेको आयोजनाका इन्जिनियर पुस्कर श्रेष्ठले बताउनुभयो ।
आयोजनामा दैनिक २०० जनाको हाराहारीमा जनशक्ति परिचालन भएका छन् । एक सय जना मजदुर आयोजना प्रभावित नारच्याङ गाविसकै छन् । आयोजनाप्रति समुदायको अपनत्वको भावना र सहयोग रहेको घलेम्दी हाइड्रो लिमिटेडका कार्यालय प्रमुख विमल रिजालले बताउनुभयो ।

उहाँका अनुसार रु ८५ करोड लागत अनुमान गरिएको आयोजनामा संस्थापक सेयर सदस्यको रु ३० करोड लगानी रहेको छ । सेयर लगानीमा आयोजना प्रभावित क्षेत्र र जिल्लावासीलाई प्राथमिकता दिइएको रिजालले बताउनुभयो ।

तीन वटा बैंकले रु ५५ करोड लगानी गरेका छन् । भिबोर सोसाइटी विकास, टुरिजम डेभलपमेन्ट, सिद्धार्थ डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट फन्डले घलेम्दीमा लगानी गरेका हुन् । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार ०४:३९ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...