back
CTIZAN AD

झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न आजदेखि लागि खुला

वि.सं.२०७३ मंसिर १३ सोमवार

912 

shares

१३ मङ्सिर,फलेवास (पर्वत) । मुलुककै अग्ला झोलुङ्गे पुल निर्माण भएको पर्वतको सदरमुकाम कुस्मामा फेरि अर्को अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ ।

पर्वतको सदरमुकाम कुस्मालाई जिल्लाको फलेवास क्षेत्रसँंग जोड्न मोदीखोलामा १५८ दशमलव ७० मिटर अग्लो कुस्मा–मुडिकुवा झोलुङ्गेपुलको निर्माण कार्य सम्पन्न भएको हो । पुलको निर्माण कार्य सकिएसँगै आज बिहानदेखि औपचारिक रुपमा सर्वसाधारणलाई ओहोरदोहोर गर्न तथा पर्यटकका लागि अवलोकन गर्न खुला गरिएको छ ।

कुस्मा–मुडिकुवा झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिले पुलको सतप्रतिशत निर्माण कार्य आइतबार साँझसम्म सकिएकाले आज बिहानदेखि सर्वसाधारण र पर्यटकका लागि खुला गरिएको जानकारी दिएको छ ।

आज बालाचर्तुदशी पर्व पर्ने भएकाले पनि प्रसिद्ध गुप्तेश्वर गुफा र अलपेश्वर गुफा तथा म्याग्दीको गलेश्वर जाने तीर्थालुको सुविधालाई समेत ध्यानमा राखेर पुल सञ्चालन गरिएको समितिले जनाएको छ ।

मोटरसाइकललाई वारपार गर्नका लागि अझै दुई महिना लाग्ने बताइएको छ । दुवैतर्फबाट सडक जोड्न तथा पुलमा मोटरसाइकल ओहोरदोहोर गर्ने पूर्वाधार बनाउन समय लाग्ने उहाँको भनाइ छ ।

कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुलभन्दा मात्रै ३० सेमी होचो छ । यो पुल अहिलेसम्म निर्माण भएका पुलमध्ये सबैभन्दा लामो ३५९ मिटर रहेको छ ।

कुल रु एक करोड ७६ लाखको लागतमा निर्माण पुल भएको हो । पर्वतको महत्वपूर्ण कृषि तथा व्यापारिक केन्द्रका रुपमा रहेको फलेवाससम्म पुग्न अहिले बड्गाउँबाट दुई घन्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेवास सडकमार्फत जाँदा १३ किलोमिटर कच्ची सडकको दूरी पार गर्नुपर्छ । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार ०५:२० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई...

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

‘सगरमाथा आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्छ’

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौँ । लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा...

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर (झापा) । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको...