back
CTIZAN AD

पर्वत जिल्ला समाज युकेको अध्यक्षमा आचार्य

वि.सं.२०७३ मंसिर १३ सोमवार

906 

shares

dadhi-aharya

पर्वत जिल्ला समाज यूकेको अध्यक्षमा दधि आचार्य चयन भएका  छन । समाजको २६ नोभेम्बरका  दिन  अल्डरशटमा सम्पन्न पांचौ अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत  गर्दै ११ सदस्सीय कार्यसमितिको चयन गरेको हो ।

जसको उपाध्यक्षमा   एक बहादुर पुन, संजिव गुरुङ,महासचिवमा भरत पौडेल, सचिवमा बिनोद पुरी र कोषाध्यक्षमा नेत्र आलेमगर रहेका छन् भने सदस्यहरुमा गम बहादुर गर्बुजा, भिम पुर्जा, अंग गर्बुजा, मेख तिलिजा, गंगा खोर्जा, बासुदेब पौडेल चयन  रहेका छन  । साथै बांकी सदस्यहरुको टुंग्गो पदाधिकारी बैठकले लगाउने  बताइएको छ ।

अध्यक्ष नरजङ गुरुङ र संस्थापक हितकाज काजी गुरुङद्धारा संयुक्तरुपमा उद्घाटन गरिएको उक्त अधिवेशनमा गैरआवासीय नेपाली सँघका यूरोप सँयोजक कुल आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ, पुरन गिरी,निर्वाचन समितिका संयोजक मान बहादुर गुरुङ, रस बहादुर गुरुङ, नारायणकोने गुरुङ, तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुमकामना मन्तब्य दिएका थिए । सचिव हरि गुरुङले सँचालन गरेको उद्धघाटनसत्रमा उपाध्यक्ष दधि आचार्यले स्वागत मन्तब्य दिए ।

अधिवेशनले कोषाध्यक्ष दिपक जोशी र अध्यक्ष नरजंग गुरुङद्धारा प्रस्तुत आर्थिक तथा वार्षिक प्रतिवेदनलाई सर्वसम्मतले अनुमोदन गरेको छ । सोही अवसरमा तुमधीं यूकेका नवनिर्वाचित अध्यक्ष ज्ञाम गुरुङ, उपाध्यक्ष हितकाजी गुरुङ लगायत पर्वत जिल्लाबाट तमुधीं यूकेमा प्रतिनिधत्व गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०४:५१ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...