back
CTIZAN AD

एनआरएनए सललाहद्धारा मनितालाई आर्थिक सहयोग

वि.सं.२०७३ मंसिर १४ मंगलवार

690 

shares

tudu

गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानको क्षेत्रिय समिति  सललाह (एनसीसी) ले घाइते मनिता टुडुलाई ३० हजार रुपैयाँ आर्थिक  सहयोग गरेको छ ।
उक्त रकम  एनआरएनए  ओमानका केन्द्रीय सदस्य टिका धिताल र क्षेत्रिय समिति सललाहका संयोजक  टिका दाहालले टुडुकै घरमा पुगेर  स्थानीय समाजसेवीको  उपस्थितिमा रकम हस्तान्तरण गरेका थिए ।
बैदेशिक रोजगारका क्रममा  ओमानको सललाहमा पुगेकी झापा कन्काइ नगरपालिकाकी २५ वर्षीया  मनिता टुडु  ६ वर्ष अघि  ओमानको सललाहमा पुगेकी थिईन् ।   काम गर्ने क्रममा जुलाई २६ का दिन घरमा आगोलागी भएपछि  ज्यान बचाउन झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएकी थिईन ।
झया्लबाट हाम फालेकी उनको  ढाड र हात खुट्टा  भाचिएको थियो ।  सुल्तान काबुस अस्पताल सललाहमा  झण्डै  एकमहिना उपचार पश्चात  टुडु  घर  फर्किएकी छन् ।
नेपालमा पनि डाक्टरको रेगलुर चेकअपमा रहेकी मनिताले पुरा सन्चो हुन अझै दुई तीन महिना लाग्ने बताएकी छन् ।  मनिताले  ओमानमा रहेका दाजुभाइ दिदी बहिनी, आफूलाई तीन महिना घरमा राखेर उपचार तथा सहयोग गर्ने, कला भण्डारी,   नेपाली महिला समुह सललाह र नेपाली एकता समाज  ओमानलाई हार्दिक धन्यवाद दिएकी छन् ।  उनको खुट्टामा रड राखिएको छ । डाक्टरले  अझै  दुई तीन महिना पुरा आराम गर्नुपर्छ  भनेका छन् ।
“नेपाली एकता समाज ओमानले २७ हजार रुपैयाँ,  नेपाली महिला समुह ओमानले ५१ हजार र  एनआरएनए सललाहले ३० हजार सहयोग गर्नु भएको छ । उहाँहरुको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु ।” मनिताले संसारन्जुलाई बताईन् ।
“आगो लागेपछि  ज्यान बचाउन भाग्दा घाइते भए ।   मालिकले उपचार गर्न मानेको थिएन,” मनिताले भनिन् “तर,  मस्कटमा रहेको नेपाली एम्बेसी र सललाहका नेपाली दाजभाइ तथा दिदी बहिनीले  दवाव दिएपछि उपचार गर्न राजी भएको थियो मालिक ।”

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०६:४८ मा प्रकाशित