back

प्रेस काउन्सिल–सानिमा बैंक पुरस्कार न्यौपाने र बोहरालाई

वि.सं.२०७३ मंसिर १४ मंगलवार

159 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ मङ्सिर,काठमाडौँ  । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ ।

प्रेस काउन्सिल नेपालले आज पाँच लाख रुपैयाँ राशि रहेको उक्त पुरस्कार दुवै पत्रकारका परिवारलाई संयुक्तरुपमा प्रदान गरिने निर्णय गरेको हो ।

काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र बिष्ट र सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य एवम् काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सदस्यसचिव रहेको पुरस्कार छनौट समितिले सर्वसम्मतिले सो निर्णय गरेको हो ।

उक्त पुरस्कार विशेष समारोह आयोजना गरी चाँडै प्रदान गरिनेछ । स्व सञ्जय न्यौपाने कान्तिपुर राष्ट्रिय दैनिकमा लामो समयसम्म रिपोर्टिङ, उपसम्पादक हुँदै प्रमुख संवाददाता र आर्थिक ब्युरो प्रमुखका रुपमा कार्यरत रहनुभयो । त्यसपछि उहाँको आर्थिक क्षेत्रको पहिलो ‘ब्रोडसिट’ कारोबार दैनिकमा सम्पादकका रुपमा रहनुभयो ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रबाट थुप्रै फेलोसिप र पुरस्कार प्राप्त गर्नुभएका पत्रकार न्यौपाने आर्थिक पत्रकार समाज (सेजन)को उपाध्यक्ष रहनुभएको थियो । पत्रकारितामा क्रियाशील रहिरहेकै बेला मस्तिस्कसम्बन्धी गम्भीर रोगबाट ग्रस्त भई उपचारकै क्रममा उहाँको २०७३ साल कात्तिक २० गते निधन भएको थियो ।

त्यस्तै कञ्चनपुरको महेन्द्रनगरबाट प्रकाशित अभियान दैनिकको डडेल्धुरा संवाददाताका रुपमा पत्रकारिता सुरु गर्नुभएका स्व कर्ण बोहरा स्थानीय कालापानी साप्ताहिक महानगर पोस्ट र राष्ट्रिय तहका स्पेसटाइम दैनिक, च्यानल नेपाल टेलिभिजन, रहस्य साप्ताहिकलगायत सञ्चारमाध्यममा आबद्घ हुनुभयो ।

पछिल्लो समयमा उहाँ महेन्द्रनगरबाट प्रकाशित पश्चिम नेपालको सम्पादक/प्रकाशक, महेन्द्रनगरबाटै प्रसारित पश्चिम नेपाल रेडियोको प्रबन्ध निर्देशक तथा काठमाडौँबाट प्रसारित न्युज–२४ टिभीको सुदूर–पश्चिम ब्युरो प्रमुखका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पछिल्लो समयमा मुटु रोगका साथै मधुमेह र उच्च रक्तचापबाट पीडित पत्रकार बोहराको दुवै मिर्गौला खराब भई उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मङ्सिर १० गते काठमाडौँमा निधन भएको थियो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:११ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...