back
CTIZAN AD

गोल्डेन टेम्पल’ अवलोकनका लागि ८७ मुलुकका नियोग प्रमुख अमृतसरमा

वि.सं.२०७६ कात्तिक ६ बुधवार

870 

shares

६  कार्तिक , अमृतसर ।  विभिन्न ८७ मुलुकका वैदेशिक नियोगका प्रमुखहरूले ‘गोल्डेन टेम्पल’ को दर्शन गर्न अमृतसार पुगेका मन्दिर व्यवस्थापनले मङ्गलबार जनाएको छ ।

उनीहरूलाई गुरूनानकको ५५०औँ जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सहभागी बन्नका लागि आमन्त्रण गरिएको थियो । वैदेशिक नियोग प्रमुखहरूलाई कार्यक्रमस्थलसम्म पुग्दा भारतका सङ्घीय मन्त्री हरदीप सिंह पुरी तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष विनय सहस्रबुद्धेले साथ दिएका थिए ।

समारोहमा पुग्नेहरूमा नेपाल, मालदिभ्स, भूटान, अफगानिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, मङ्गोलियालगायतका कुटनीतिक प्रमुख तथा उपप्रमुखहरूसमेत पुगेका बताइएको छ । उनीहरूलाई भारतीय परम्परागत शैलीमा स्वागत गरिएको थियो ।

भ्रमणको व्यवस्था भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, पञ्जाब राज्य सरकार र शिरोमणि गुरूद्वारा प्रबन्धक समितिले गरेका थियो । भारतको सङ्घीय मन्त्रीपरिषद्ले गुरूनानकको ५५०औँ जन्मजयन्तीलाई स्वदेश तथा विदेशमा भब्यतासाथ मनाउने निर्णय गरेको थियो ।

वि.सं.२०७६ कात्तिक ६ बुधवार ०९:५९ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...