back
CTIZAN AD

पार्टी एकढिक्का बनाउनु आवश्यक: कोषाध्यक्ष यादव

वि.सं.२०७३ मंसिर १५ बुधवार

1K 

shares

१५ मङ्सिर,पाँचथर । नेपाली काँग्रेसकी कोषाध्यक्ष तथा शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले पार्टी गुट उपगुटमा फसेको भन्दै पार्टीलाई शीर्षस्थ नेतृत्वले एक ढिक्का बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा मङ्गलबार बिहान पार्टी कार्यकर्तासँग भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “तेह्राँै अधिवेशन एकताको महाधिवेशन भनिए पनि त्यो हुननसकेको भन्दै उहाँले पार्टीलाई एक बनाएर लैजान शीर्षस्थ नेतृत्व जिम्मेवार बन्नुपर्ने हुन्छ।”

महाधिवेशन भएको लामो समय बितिसक्दा पनि पदाधिकारी चयन गर्न ढिलाई गर्नु दुःखद भएको उहाँले बताउनुभयो । यस्तै, रकम अभावले द्वन्द्व पीडितलाई राहत दिन नसकेको बताउँदै आफूले प्रधानमन्त्री तथा अर्थ मन्त्रालयमा यथेष्ट बजेट विनियोजन गर्न माग गरेको जानकारी गराउनुभयो ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य हकहित सम्बद्ध संसदीय सभापति भीष्मराज आङदेम्बेले सानातिना कुरामा नअल्झिकन पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणमा लाग्न सबै कार्यकर्तालाई निर्देशन दिनुभयो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०३:२८ मा प्रकाशित

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन...