back

सवारी दुर्घटनामा दुईको मृत्यु – आगलागी

वि.सं.२०७३ मंसिर १५ बुधवार

732 

shares
GLOBAL IME AD
NTC AD

 १५ मङ्सिर,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा मङ्गलबार बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५३१२ नम्बरको बसले ठक्कर दिँदा सडकमा हिँडिरहेकी अन्दाजी ७० वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याइएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सप्तरीको बनरझुलामा बालुवा लोड गरेको स १ त ३८३६ नम्बरको ट्याक्टरमा मंगलबार मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ५ प ५६१९ नम्बरको मोटरसाइकलले आफैँ अनियन्त्रित भई ट्याक्टरमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरी कल्याणपुर–३ बस्ने २६ वर्षीय जगदेब सहनीको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका क्रममा हिजै मुत्यु भएको प्रहरीले बताएको छ ।

कुशाहामा आगलागी

यसैबीच, सप्तरीको कुशाहा गाविस–६ स्थित सिसुवाबेलीमा मङ्गलबार आगलागी हुँदा रु डेढ लाखको क्षति भएको छ ।

स्थानीय भोलादेवी चौधरीको ५—कोठे पक्की घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने रामप्रसाद चौधरीले सञ्चालन गरेको खाद्य पसलबाट विद्युत चुहावट भई अचानक आगलागी भएको थियो ।

सो पसलभित्र रहेका स २ प ३१६५ नम्बरको मोटरसाइकल, एकथान साइकल तथा युरिया मल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगोलाई प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०३:४१ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...