back

मगरहरुको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड

वि.सं.२०७३ मंसिर १५ बुधवार

348 

shares
NTC AD

१५ मङ्सिर,काठमाडौँ। नेपाल मगर सङ्घ केन्द्रीय समिति, संयुक्त मगर मञ्च–नेपालले प्रदेशको सिमाङ्कनको विवाद समाधानको नाममा सरकारले संविधान संशोधन गर्दा प्रदेश नम्बर ४ र प्रदेश नम्बर ५ मा रहेका ऐतिहासिक मगर भूमिलाई एक ठाउँमा राखेर स्वायत्त प्रदेश बनाउनुपर्ने माग गरेको छ ।

मङ्गलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवीन रोकामगरले आफूहरुले उठाएका मागहरु सरकारले पूरा नगरे बाध्य भएर सशक्त आन्दोलनमा उत्रिने बताउँदै भन्नुभयो– ‘प्रदेश नम्बर ४ र ५ का आफ्नो ऐतिहासिक भूगोललाई एक ठाउँमा राखेर स्वायत्त मगरात प्रदेश बनाउनुपर्छ, । ’

संयोजक मगरले आफूहरुको यो साझा संशोधन प्रस्तावलाई अहिलेसम्म नेपाली राज्य निर्माणमा योगदान दिँदै आएका मगरहरुको भावनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टीका नेत्री कमला थापाले सो जातिको पहिचान, पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न नेपालको संविधान २०७३ मा संशोधन गरिनु अनिवार्य रहेको बताउनुभयो ।

सङ्घले व्यवस्थापिकामा जातीय जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्वको आधारमा समावेशीकरण सुनिश्चित गरिनुपर्ने समेत माग गरेको छ । मगर सङ्घका अनुसार नेपालको कूल जनसङ्ख्याको ७.१२ प्रतिशत मगरहरुको जनसङ्ख्या रहेको बताइएको छ । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०३:४२ मा प्रकाशित

ADBL AD
अध्यक्ष दलबहादुरको सक्रियतामा श्रम शिविर

अध्यक्ष दलबहादुरको सक्रियतामा श्रम शिविर

गल्याङ। स्याङ्जाको गल्याङ नगरपालिकामा वडा अध्यक्षको आह्वान र सक्रियतामा श्रम...

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश राउतलाई शपथ

राष्ट्रपतिद्वारा प्रधानन्यायाधीश राउतलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई...

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रधानन्यायाधीशमा राउत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा...

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन

तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन

पाटन (ललितपुर) । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन...

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु, १९ जना बेपत्ता

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको...

पुनः पहिरो खसेपछि रोकियो राजमार्गको मर्मतसम्भार

पुनः पहिरो खसेपछि रोकियो राजमार्गको मर्मतसम्भार

मङ्गलबारे (इलाम) । पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला-भन्ज्याङ खण्डमा...