back
CTIZAN AD

दुईसय पचासी जनालाई न्यानो कपडा वितरण

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.1K 

shares

१५ मङ्सिर,इनरुवा । एक मुस्लिम गैरसरकारी संस्थाले सुनसरीका तीन गाविसका २८५ जनालाई चिसोबाट जोगिनका लागि न्यानो कपडा मङ्गलवार वितरण गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवा–७ मा रहेको हिदायत एजुकेसनल एन्ड वेलफेयर ट्रस्ट नेपालले जिल्लाका तीन गाविसका २८५ जना गरिब विपन्न, असहाय, अपाङ्ग, असक्त वृद्धवृद्धालाई चिसोबाट जोगिनका लागि न्यानो कपडा वितरण गरेको संस्थाका कार्यालय सचिव हजरत हुसेनले जानकारी दिनुभयो ।

सुनसरीको बबिया गाविसमा एक कार्यक्रमको आयोजना गरेर ट्रस्टको आयोजना र उम्मा वेलफेयर ट्रस्टको सहयोगमा बबिया, नरसिंह र सत्तैरझोरा गाविसका २८५ जनालाई कम्बल, सुइटर, च्यादरलगायतका कपडा वितरण गरेको हो ।

उक्त संस्थाले अरू ९ गाविसका एक हजार २५ घर परिवारलाई लुगा वितरण गर्ने लक्ष्य राखेको आयोजक संस्थाका कोषाध्यक्ष मौलाना अयुव खान नदवीले जानकारी दिनुभयो ।

यस संस्थाले नेपालमा गएको महाभुकम्पका बेलासमेत गोरखा लगायतका अन्य ठाउँका भुकम्प पीडितलाई लुगा तथा खाद्यान्न सामग्री वितरण गर्नुका साथै विभिन्न किसिमको सामाजिक कार्य गर्दै आएको छ । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०२:४० मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...