back
CTIZAN AD

अब देश निर्वाचनतर्फ अघि बढ्यो: प्रधानमन्त्री

वि.सं.२०७३ मंसिर १५ बुधवार

1.1K 

shares

prachanda-announcing-the-100-days१५ मङ्सिर,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताउनुभएको हो ।

“हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो । अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौँ,” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकताविरोधी कुरा भएको उल्लेख गर्दै संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताउनुभयो ।

“प्रमुख प्रतिपक्षी नेकपा(एमाले) पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ”, प्रधानमन्त्रीले भन्नुभयो ।

सङ्घका अध्यक्ष अमृता थापामगरको नेतृत्वमा गएको महिला नेत्रीको टोलीले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०६:३८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...