back
CTIZAN AD

चुनौतीपूर्ण बन्दै पोखराको ट्राफिक व्यवस्थापन

वि.सं.२०७३ मंसिर १५ बुधवार

945 

shares

१५ मङ्सिर,पोखरा। बढ्दो सवारीसाधनको चापसँगै पर्यटकीय नगरी पोखराको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।  सवारीसाधनको बढ्दो चापसँगै विगत लामो समययता फराकिलो बन्न नसकेका सडक तथा पुलका कारण समस्या बढेको हो ।

गण्डकी तथा धौलागिरि क्षेत्रमा चल्ने लगभग ७० प्रतिशत सवारीसाधन पोखरा हुँदै आवागमन गर्ने भएका कारण पनि पोखरामा सवारीसाधनको चाप अत्याधिक बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा पोखरामा नयाँ सवारीसाधन थपिने क्रम पनि बढेको छ । “गण्डकी यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता गरिएका भाडा, निजी, सरकारी सवारीसाधनको सङ्ख्या पछिल्लो चार महिनामा मात्रै ११ हजार ४६३ पुगेको छ,” उहाँले भन्नुभयो, “लामो समययता स्तरोन्नति नगरिएका साँघुरा सडकमा बढ्दो सवारीसाधनको चापले ट्राफिक व्यवस्थापन प्रतिदिन जटिल बन्दै गएको छ ।”

गण्डकी यातायात व्यवस्था कार्यालयमा यही असार मसान्तसम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या एक लाख ४४ हजार २१४ रहेकामा यही मङ्सिर ६ गतेसम्म उक्त सङ्ख्या एक लाख ५५ हजार ६७७ पुगिसकेको छ ।

पोखरा प्रवेश गर्ने अमरसिंह चोकबाट उत्तमचोक, बुद्धचोक, सेती नदी माथिको चाइनापुल हुँदै पृथ्वीचोकसम्मको सडक साँघुरो हुनुका साथै ठाउँठाउँमा पस्ने चोकका कारण पनि यो मार्गमा ट्राफिक जामको समस्या बढी हुने गरेको छ ।

“विशेष गरी चारतिर चोक भएको पृथ्वीचोक र सिर्जना चोककका साथै तीनतर्फ चोक भएको सभागृहचोक, चिप्लेढुङ्गाका साँघुरो बाटोका कारण यहाँ गाडीको निकै चाप देखिने गरेको छ,”– प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो ।

पृथ्वीचोकमा हाल लखन थापाको सालिक रहेको आइल्यान्ड धेरै फराकिलो भएका कारण पनि यो चोकमा गाडीको जाम बढ्ने गरेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष अइनकुमार साहीले बताउनुभयो ।

धेरै सवारीसाधन आवतजावत गर्ने पृथ्वीचोकमा फराकिलो आइल्यान्डका कारण सवारीसाधनको चापका साथै दुर्घटनालगायतका समस्या बढेकाले पटकपटक सम्बन्धित निकायमा जानकारी गराइए पनि त्यसतर्फ चासो नदिइएको उहाँले बताउनुभयो ।

“फराकिलो आइल्यान्डका कारण सवारीसाधनको चाप एवम् दुर्घटनाको खतरा पनि बढेको छ,” उहाँले भन्नुभयो, “आइल्यान्डको व्यवस्थापन गर्न पृथ्वीराजमार्ग बस सञ्चालक समितिलाई जिम्मा दिए पनि हामी त्यसका लागि तयार छौँ ।”

पृथ्वी राजमार्गका मात्र एक हजार ३०० सवारीसाधन पृथ्वीचोक भएर आवतजावत गर्ने बताउँदै उहाँले फराकिलो आइल्यान्डका कारण सबै यातायात व्यवसायी एवम् सर्वसाधारणलाई समस्या परिरहेको बताउनुभयो ।

लखन थापाको सालिक भएका कारण आइल्यान्डको व्यवस्थापन कसरी गर्ने सम्बन्धमा सम्बन्धित निकायसँग छलफल भइरहेको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

आइल्यान्डका कारण वल्लो भागबाट पल्लो भाग देख्न नसकिने हुँदा एक जना ट्राफिक प्रहरीले गर्ने कामका लागि चार जना खटाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

पोखरामा ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक कार्यालयअन्तर्गत गगनगौडा, डाँडाको नाक, औद्योगिक क्षेत्र, छोरेपाटन, बैदाम र बगरमा ट्राफिक पोस्ट राखिएका छन् ।

पोखरामा बढिरहेको ट्राफिक जामले यहाँको पर्यटनलाई प्रत्यक्ष असर पार्नेतर्फ गम्भीर बन्नुपर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउनुहुन्छ ।
यहाँको पर्यटकीय आकर्षणलाई जोगाउन सडक एवम् सवारीसाधन, पार्किङ व्यवस्थापनका साथै पोखरा भएर जाने लामो दूरीका बसका लागि छुट्टै वाइपासको व्यवस्था हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १५ बुधवार ०७:२१ मा प्रकाशित

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

जेनजी आन्दोलनपछिको विशेष अवस्थामा आज प्रतिनिधिसभा निर्वाचन

काठमाडौ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य...

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

प्रतिनिधिसभा निर्वाचनः छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौँ । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता...

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा...

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन...