back
CTIZAN AD

खप्तडमा पर्यटकका लागि सुविधा सम्पन्न आवास गृह निर्माण हुँदै

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

1.9K 

shares

२१ कार्तिक, डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् ।
खप्तड क्षेत्रमा आउने पर्यटकले खाने र बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १२५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने भएको निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले बताए ।

उनले भने, “पर्यटकलाई बास बस्न समस्या भयो भन्ने गुनासो आएपछि हामीले पर्यटन वर्ष २०२० लाई लक्षित गरी दुई वटा सुविधा सम्पन्न आवास गृह बनाउने तयारी गरेका छौँ, चाँडै नै आवास गृह बन्नेछन् ।” खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा १०० बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्र जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य प्रारम्भ भएको छ ।

आवासका लागि निकुञ्जले लागत तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण विभागमा पठाइसकेको बताइएको छ । दुईवटै आवासगृहको कूल लागत रु पाँच करोड रहेको छ । चालू आर्थिक वर्षमै भवन निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको निकुञ्जका सहायक वार्डेन शाहले बताए ।

आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका इञ्जिनीयर सचिन न्यौपानेले बताए ।

उनले कात्तिक महिनाभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागेकोे हो ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करीब ४०० नेपाली र नौ जना विदेशी पर्यटक खप्तड क्षेत्रको भ्रमणमा आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । (रासस)

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १५:०९ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...