back
CTIZAN AD

कालापानी क्षेत्रमै भारतीय फौजका आठ क्याम्प

वि.सं.२०७६ कात्तिक २५ सोमवार

606 

shares

२५ कात्तिक, काठमाण्डौं । नेपाली भूभाग कालापानीमा ५७ वर्षदेखि भारतीय सुरक्षा फौजको परेड चलिरहेको छ । सन् १९६२ मा अर्धसैनिक बलको ब्यारेक स्थापना गरेको भारतले आफ्नो फौज विस्तार गर्दै अहिले तीन स्थानमा आठ क्याम्प खडा गरेको छ । तर, कालापानी, लिपुलेकलगायतका संवेदनशील सीमा क्षेत्र हेर्ने नेपाल प्रहरीका चौकीहरू भने ६ महिनामा विस्थापित हुन्छन् । कालापानीबाट १८ किलोमिटर दक्षिणमा रहेको व्यास गाउँपालिका–१ छाङरुस्थित सीतापुल प्रहरी चौकी केही हप्तामै विस्थापनको तयारीमा रहेको समाचार सोमबारको नयाँपत्रिका दैनिकमा छ ।
छाङरुबाट १२ किलोमिटर पूर्व (चीन)तर्फ रहेको व्यास–१ कै टिंकरस्थित छियालेक चौकीका प्रहरी ५ कात्तिकमै सीतापुल झरिसकेका छन् । अब दुवै चौकीका प्रहरी व्यास गाउँपालिका–२ राप्लास्थित दुम्लिङ चौकी झर्दै छन्, जुन कालापानीबाट ६३ किलोमिटर दक्षिणमा छ । यो छियालेक र सीतापुलका प्रहरीलाई हिउँदका ६ महिना राख्न स्थापना गरिएको अस्थायी चौकी हो । दुम्लिङमा प्रहरी नायब निरीक्षक (सइ) को कमान्डमा १३ प्रहरी कार्यरत छन् ।

यो वर्ष हिउँ पर्न थालेपछि टिंकरमा कार्यरत प्रहरी सीतापुल झरेको बझाङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । थप जाडो हुँदै गएपछि त्यहाँबाट पनि तल दुम्लिङमा झर्ने उनले बताए । यद्यपि, सीमाविवाद आएपछि सो क्षेत्रमा मनिटरिङ निर्देशन दिइएको उनको भनाइ छ । यीबाहेक कालापानीबाट निकै टाढा दक्षिणतर्फ हिकिला, धौलाकोट, सुन्सेला, हुती र ब्रह्मदेव चौकी छन् ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार ०८:०७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

स्याउ र आलुजोनमा सूचीकृत मुस्ताङका किसानलाई अनुदानमा हाते ट्याक्टर

मुस्ताङ । यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी...

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...