२५ कार्तिक, काठमाडौँ । वैदेशिक रोजगारीमा भइरहेको ठगी न्यूनीकरण गर्न सरकारले इ– स्टिकर सुरु गर्न लागेको छ ।
कागजको स्टिकर दुरुपयोग गर्ने धन्दा मौलाएपछि वैदेशिक रोजगार विभागले इ– स्टिकर सुरुगर्न लागेको हो । विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार सोमबार (आज) देखि इ–पिस्टकर लागू गर्न परीक्षण सुरु हुँदैछ ।
‘इ–स्टिकर सुरुगरेपछि नक्कली बनाउने धन्दा रोकिनुको साथै छपाइमा हुने खर्च नियन्त्रण हुने अपेक्षा गरेका छौँ ,’ उनले भने । स्टिकर भनेको वैदेशिक रोजगारीमा जाने युवालाई श्रम स्वीकृत प्रदान गरेपछि विभागले प्रमाणस्वरुप दिने निस्सा हो ।
हाल वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृति प्राप्त गरेपछि राहदानीमा स्टिकर टाँसिन्छ । श्रम स्वीकृति प्राप्त थप गर्दै जाँदा राहदानीमा स्टिकर पनि थपिँदै जान्छन् । पटकपटक वैदेशिक रोजगारीमा जाने युवालाई स्टिकर थप गर्दै जाँदा राहदानी फोहोर हुने गरेको गुनासो समेत रहँदै आएको थियो । सोमबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ कात्तिक २५ सोमवार ०८:१५ मा प्रकाशित






























