back
CTIZAN AD

क-कसले पाए त अनेसास सर्वोत्कृष्ट पुरस्कार ?

वि.सं.२०७६ कात्तिक २५ सोमवार

1.4K 

shares

२५ कात्तिक, काठमाण्डौं । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को सर्वोत्कृष्ट पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार डिसीमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्म जयन्ती तथा अनेसास सर्वोत्कृष्ट पुस्तक एवं विशिष्ट प्रतिभा पुरस्कार कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा अनेसासको राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्राध्यापक डाक्टर खगेन्द्र लुईंटेललाई प्रदान गरिएको छ । हरेक दुई वर्षमा प्रदान गरिने रु दुई लाख ५० हजार राशिको उक्त पुरस्कार साहित्यको क्षेत्रमा प्रवासमा प्रदान गरिने सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।


कार्यक्रममा दुई हजार अमेरिकी डलर राशिको अनेसास सर्वोत्कृष्ट पुरस्कार ‘रोबोटका आँखा’ नामक पुस्तकका स्रष्टा नरेन्द्रराज पौडेललाई र दिल लीला सर्वोत्कृष्ट डायस्पोरा पुरस्कार ‘छाप्रो नं ५५’ का सर्जक रमेश दियालीले प्राप्त गरेका छन् । साथै अनेसास रोहिणी शर्मा सीता शर्मा काव्य पुरस्कार कवयित्री कुन्ता शर्माको कृति ‘मेरो मान्छे’ कविता सङ्ग्रहलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि एक हजार अमेरिकी डलर रहेको छ ।

यसैगरी अनेसास पदम विश्वकर्मा पुरस्कार कथाकार युवराज मैनालीलाई र अनेसास स्व डिल्लीराम तिम्सिना पुरस्कार उपन्यासकार तीर्थ गुरुङलाई प्रदान गरिएको छ । उक्त पुरस्रकाको राशि पनि एक हजार अमेरिकी डलर रहेको छ । अनेसास डा श्याम कार्की इन्दिरा कार्की सर्वोत्कृष्ट पुरस्कार नियात्राकार घनश्याम राजकर्णीकारलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी पाँच सय अमेरिकी डलर रहेको छ । यसैगरी पाँच सय अमेरिकी डलर राशिको गजल पुरस्कार आँगन गजल सङ्ग्रहका लागि नमिता बराललाई र मस्टो संस्कृति पुरस्कार संस्कृतिविद तेजबहादुर कार्कीलाई प्रदान गरिएको छ ।

उक्त अवसरमा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुनकुमार कार्कीले प्रवासी भूमिमा बसेर नेपाली भाषा, कला, संस्कृतिको जगेर्ना गर्न अन्तर्रा्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
राजदूत कार्कीले नेपाली साहित्यका मूर्धन्य साहित्यकारहरुलाई आमन्त्रण गरेर प्रवासमा पनि उहाँहरुको सिर्जना सुन्ने र सिक्ने मौका पाउनु प्रशंसनीय भएको बताएका थिए ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डा लुईंटेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, समालोचक हरि अधिकारी, अनेसासका पूर्वअध्यक्ष पदम विश्वकर्मा, पुरस्कार स्थापना गरेका राम लामा लगायतले नेपाली भाषा र साहित्यको बारेमा चर्चा गरेका थिए ।

यसैबीच कार्यक्रममा राम लामा अविनाशीको कृति ‘पिल्सिएको परदेशी मन’ लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा प्रवासी भूमिमा विभिन्न कारणले झेल्नु परेको समस्या तथा पिल्सिएको भाव समेटिएको २६ वटा कविता सङ्ग्रहित गरिएको छ ।

कार्यक्रममा पुरस्कृत श्रष्टा रमेश दियाली, नरेन्द्रराज पौडेल, कुन्ता शर्माले मन्तव्य राख्नुभएको थियो । यसैगरी कार्यक्रममा गोवद्र्धन पूजा, हरि अधिकारी, कुन्ता शर्मा, सीता पाण्डे, शिव लामिछाने, कृष्ण सादगीलगायत दुई दर्जन कवि तथा कवयित्रीले आफ्नो रचना पाठ गरेका थिए ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार १६:४९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...