back
CTIZAN AD

ब्लुमको ट्याक्सोनोमी(संज्ञानात्मक क्षमताको बर्गिकरण)

वि.सं.२०७६ कात्तिक २५ सोमवार

10.9K 

shares

Bloom’s Taxonomy: Lesson-1
के हो ट्याक्सोनोमीको अर्थ ?

ट्याक्सोनोमी भन्नाले सामान्यतया: बर्गिकरण बुझाउँछ। शिक्षामा ब्लुमको ट्याक्सोनोमी भन्नाले विद्यार्थीहरुमा विकास गर्नुपर्ने संज्ञानात्मक क्षमताको बर्गिकरण भन्ने बुझ्नुपर्ने हुन्छ ।

के हो ब्लुमको ट्याक्सोनोमी?
सन् १९५० को दशकमै बेन्जामिन एस ब्लुमले प्रतिपादन गरेको ट्याक्सोनोमी आज पनि शिक्षण सिकाई प्रक्रियामा विश्वभर उत्तिकै उपयोगी छन् । शिक्षणका योजना निर्माण, शिक्षण प्रक्रिया र विद्यार्थी मूल्यांकनमा यो ट्याक्सोनोमीको उपयोगबाट विद्यार्थीहरुमा आवश्यक संज्ञानात्मक क्षमताको विकास गर्न सकिन्छ। हाम्रा विद्यार्थीमा के कस्ता संज्ञानको विकास गर्नु वान्छनीय हुन्छ र त्यसको लागि शिक्षाप्रदायक संस्था र शिक्षकले के गर्नुपर्छ भन्ने कुरा ब्लुमको ट्याक्सोनोमी हो।  यसका साथै विद्यार्थीमा विकास हुनुपर्ने अभिवृत्ति र सीप पनि हुन्छन् । क्रमिक रूपमा सामान्य क्षमता देखि विशिष्ट क्षमता सम्मको संज्ञान, अभिवृत्ति र सीपको ढाँचा ब्लुमको ट्याक्सोनोमीमा भेट्न सकिन्छ ।

कति तह छन् त ब्लुमको ट्याक्सोनोमीमा ?

१. संज्ञान २. अभिवृत्ति ३. सीप

संज्ञान

संज्ञानात्मक क्षमता विद्यार्थीको विचार गर्ने खुवीसँग सम्बन्धित हुन्छ। विचारको क्षमतामा नै उसको संज्ञानको गुणस्तर निर्भर रहन्छ/ त्यसैले कक्षाकोठामा हामीले गर्ने क्रियाकलाप, हाम्रा व्यवहार र हाम्रा मूल्यांकनका साधनहरुले जैले पनि विद्यार्थीको विचार गर्न सक्ने क्षमतामा वृद्धि गर्नु जरूरी हुन्छ।

अर्थात् विद्यार्थीमा सोच सीप विकास गर्न ब्लुमले संज्ञानको कस्तो ढाँचा वा बर्गिकरण उल्लेख गरेका छन त्? खासगरी ब्लुमको ट्याक्सोनोमीले चिन्तनका ६ वटा तह वा वर्गमा संज्ञान सीपको व्याख्या गरेका छन् । सन् १९५६ मा ब्लुमले मनोवैज्ञानिकहरुको यौटा समूहलाई नेतृत्व गर्दै विचार-बुद्धिको बिभिन्न तह प्रतिपादन गरे। त्यही तहलाई बर्गीकरण गरी सामान्य विचार क्षमता देखि विशिष्ट विचार क्षमता सम्मको यौटा ढाँचा उनले तयार पारे जसलाई आज सम्म पनि ब्लुमको ट्याक्सोनोमी भनेर चिनिन्छ। संज्ञानका ६ तह यस प्रकार छन्।
१. Knowledge: सामान्य स्तरको ज्ञान
२. Comprehension: सामान्य बुझाई
३. Application: ज्ञानको उपयोग
४. Analysis:विश्लेषण गर्ने क्षमता
५. Synthesis:संश्लेषण गर्ने क्षमता
६. Evaluation:मूल्यांकन गर्ने क्षमता

पछि उनकै चेला लरिन एण्डरसनले २१औ सताब्दी अनुकूल केही संसोधन गरी “संशोधित ब्लुम ट्याक्सोनोमी” भनेर व्याख्या गरेका छन्, यी सवको चर्चा आगामी पाठहरुमा गरिने नै छन् । (क्रमस:)

वि.सं.२०७६ कात्तिक २५ सोमवार १६:५३ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...