back
CTIZAN AD

किन धमाधम आगो लगाए किसानले धानबालीमा ?

वि.सं.२०७६ कात्तिक २५ सोमवार

1.4K 

shares

२५ कार्तिक, झापा । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाएका छन् ।

दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उनले बताए ।
“अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरेलले भने, “कृषि प्राविधिकलाई सोध्दा किरा लागेको पराल गाईवस्तुलाई पनि खुवाउन हुँदैन भनेपछि आगो लगाएँ ।”

उनले वडा नम्बर –९ का ८ जनाभन्दा बढी किसानको १० विघा खेतमा पाकेको धान फड्के किराले सखाप पारेको बताए । सोही कारण मेचीनगर–४ बाहुनडाँगी क्षेत्रका किसानले समेत धान खेतमा आगो लगाएका छन् ।

बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २ र ३ का किसानको करिब १२ विघा जमीनमा लगाएको धान खेतमा आगो लगाइएको गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताए । उनले फड्के किराको प्रकोपका कारण पाक्न लागेको धान सुकेर काम नलाग्ने अवस्थामा पुगेपछि किसानले खेतमै आगो लगाएको बताए। उनका अनुसार क्षति हुने किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्य गाउँपालिकाले गरिरहेको छ । उनीहरुलाई गाउँपालिकाले नै क्षतिपूर्ति भराउन नसके पनि प्रदेश सरकारसँग राहतका लागि पहल गर्ने उनको भनाइ छ ।

गौरीगञ्ज गाउँपालिका–३ ठेकीटोलका किसानले लगाएको २० विघामा यो रोगको प्रकोप देखिएको छ । शुरुमा धानको फेदमा कालो देखिने र क्रमशः बोट नै मर्ने गरेको स्थानीय किसान महेन्द्र रिजालले बताए । “पाकेको धान भित्र्याउन पाइएन”, उनले भने, “वर्षभरि के खाने भन्ने चिन्तासँगै परालसमेत काम नलाग्दा गाईवस्तुलाई के खुवाउने भन्ने पीर बढ्यो ।” भुसुना जस्तो देखिने किराले एकैरातमा पाकेको धानको दाना भुस बनाएको अर्का किसान नगेन्द्रप्रसाद गड्तौलाले बताए ।

कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी तथा प्राविधिक शेषराज पौडेलले मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसताक्षी, बुद्धशान्ति र गौरीगञ्जमा विशेषगरी फड्के किराको प्रकोप देखिएको बताए । उनका अनुसार जिल्लाभरमा करिब सय विघा जमीनमा यो किराको प्रकोप देखिएको छ । समयमै किसानले थाहा नपाएको र औषधि गर्न नसक्दा यो रोगका कारण यति धेरै क्षति भएको उनको भनाइ छ ।

ज्ञान केन्द्रले क्षति पुगेको स्थानका किसानको तथ्याङ्क सङ्कलनका लागि स्थानीय तहलाई अनुरोध गरेको बताउँदै उनले भने, “तथ्याङ्क आइसकेपछि राहतका लागि प्रदेश र केन्द सरकारसँग पहल गर्छौं ।”(रासस)

वि.सं.२०७६ कात्तिक २५ सोमवार १६:५७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...