back
CTIZAN AD

बिग्रिएका नरिवलजति बिस्कुट कारखानामा

वि.सं.२०७६ कात्तिक २५ सोमवार

1.1K 

shares

१० वर्षअघि मेरी छोरीले दुःखी भएर मसँग भनेकी थिइन्– ‘आमा, तपाईलाई त कति मान्छेले कोदे बूढी भन्छन्। तपाईंले कोदो र फापरबारे धेरै कुरा गर्ने भएकोले।’ उनको उदास अनुहार देखेर मैले भनेकी थिएँ– ‘यस्तो कुरामा त म गर्व गर्छु। कोदो, फापर त राम्रा अन्न हुन्। यसको महत्व नबुझेर पो मानिसले हेपेका हुन्।’

अहिले कोदो र फापर खोजेर खाने मानिसको संख्या बढेको छ। मधुमेह र मुटुको रोग लागेपछि खाना खाँदा विचार गर्नुपर्ने रहेछ भन्ने चेत धेरैमा आएको छ।

अभिभावकहरूले माया गरेर दिने तथा बालबालिका आफैंले किनेर खाने कुरमुरे, सेता पाउरोटी, चाउचाउ मन्द विष हुन्। यस्ता खानाले ठूला–साना सबैलाई अति नै हानि गर्छ। स–साना बालबालिकाका लागि त झनै खराब हुन्छ। किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्व प्रोटिन, लौहतत्व, क्याल्सियम आदि हुँदैनन्। त्यसैले यस्ता वस्तु खानाले बालबालिकामा पोषण कमी हुन्छ।

पत्रु खाना भनेको काम नलाग्ने फाल्नलायक खानेकुरा हुन्। तर हाम्रा अभिभावक आफ्ना बालबालिकालाई फकाउँदै पैसा दिएर त्यही पत्रु खाना किन्न उक्साउँछन्। यसो गर्दा बाबु–आमा पनि मक्ख, छोराछोरी पनि मक्ख। एकछिनको अल्छीले सन्तान कुपोषित भई बिरामी हुन पुग्छन्। बिरामी भएपछि औषधि–उपचार गर्दा समय र धन दुवै खर्च हुन्छ। त्यसैले पहिलेदेखि नै घरको खाना खाएर स्वस्थ भएको बेस।

पत्रु खानाले बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्यमा नराम्रो असर गर्छ भनेरै स्वास्थ्य मन्त्रालयका साथै शिक्षामन्त्रालयले समेत समय–समयमा चाउचाउ, चिप्स, कुरकुरेजस्ता खाजा स्कुलमा लैजान तथा बिक्री गर्न प्रतिबन्ध लगाउने कोसिस गरेका थिए, तर सफल भएन। अझै कतिपय स्कुलमा शिक्षकले आफ्ना विद्यार्थीले खाजा के खान्छन् भन्ने कुरामा खासै वास्ता गर्देनन्। आमा–बुबाले पनि आफ्ना बालबालिकालाई खाजा खान पैसा त दिन्छन्, तर त्यो पैसाले तिनले स्वस्थकर खाजा खाएका छन् कि छैनन्, वास्ता गर्दैनन्।

बिग्रिएका नरिवलजति बिस्कुट कारखानामा
कतिपयले पाकेटमा राखिएको खाना सफा गरेर नै बनाएको हुन्छ भन्ठान्छन्। जुना नामकी एक महिलाले पनि पहिले–पहिले त्यस्तै ठानेर बिस्कुट, दालमोठ आदि खाजाका रूपमा आफ्ना छोराछोरीलाई दिएर पठाउँथिन्। एकदिन किराना पसलमा जाँदा उनले देखिछन् कि पसलकी साहुनीले ढुसी परेका नरिवल जोख्दै रहिछन्।

ढुसी परेका नरिवल पनि किन जोखेको होला नेर उनले साहुनीलाई सोधिछन्। त्यसपछि साहुनीले भनिछन्– यी बिग्रेका नरिवल बिस्कुट कारखानाबाट एक व्यक्ति आएर सस्तोमा लैजान्छ। यो सुनेर जुना छक्क परिन्। नभन्दै एकछिनमा गाडी लिएर आएका एक व्यक्तिले बिग्रिएका सबै नरिवल बोरामा हालेर लग्यो। यो देखेपछि मात्र जुनाले आफ्ना छोराछोरीलाई बिस्कुट खान दिन छाडिन्।

विभिन्न प्रशोधित खाना खाएका कारण कुपोषण भएका शिशुलाई ठूलो भएपछि उच्च रक्तचाप, मधुमेह९चिनीको रोग०, मुटुको रोग आदि हुन सक्ने सम्भावना बढी हुने वैज्ञानिकहरूले बताएका छन्। त्यसैगरी सानैदेखि धेरै पत्रु खाना खाएर धेरै मोटा भएका बच्चाहरू पनि वयस्क भएपछि पनि मोटा नै हुन्छन्। यसले गर्दा उनीहरू अनेक थरीका नसर्ने रोग, उच्च रक्तचाप, मधुमेह, हड्डी खिइने, मिर्गौलाको समस्या आदिबाट पीडित हुन्छन्।

स्वस्थकर खाना खान हामीले महँगो पैसा तिर्न पर्दैन। सजिलै पाइने दाल, भात, रोटी, चिउरा, आलु, भटमास, गोलभेंडा, फर्सी, स्कुस, कुभिन्डो आवश्यकताअनुसार खाने गरेमा स्वस्थ रहन सकिन्छ।

वि.सं.२०७६ कात्तिक २५ सोमवार १७:०१ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...