back
CTIZAN AD

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

वि.सं.२०८३ वैशाख २७ आइतवार

510 

shares

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान संकाय पुनः सञ्चालन गर्ने विषयमा शनिबार सरोकारवालाहरूबीच वृहत् छलफल कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम भुजेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवचुली नगरपालिका–१५ का वडा अध्यक्ष सुरेश कुमार रानाभाट को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा नं. १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगर, वडा नं. १३ का अध्यक्ष एकदेव पौडेल तथा वडा नं. १२ का अध्यक्ष लोक प्रसाद भुर्तेल लगायत जनप्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी छिमेकी विद्यालयहरूको तर्फबाट भिमसेन आदर्श माध्यमिक विद्यालय का प्रधानाध्यापक, पृथ्वी माध्यमिक विद्यालय का प्रधानाध्यापक, विश्वज्योति माध्यमिक विद्यालय का शैक्षिक निर्देशक, अभिभावक, पूर्व विद्यालय व्यवस्थापन समिति तथा पूर्व शिक्षक अभिभावक संघका अध्यक्षहरूले समेत आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले जनज्योति माध्यमिक विद्यालय लाई देवचुली नगरपालिकाको शैक्षिक गहनाका रूपमा उल्लेख गर्दै विज्ञान संकाय पुनः सञ्चालन हुनु विद्यालयको आवश्यकता मात्र नभई समग्र देवचुली नगर र नवलपुर जिल्लाकै शैक्षिक प्रतिष्ठासँग जोडिएको विषय भएको बताएका थिए। उनीहरूले विज्ञान शिक्षा विस्तारले ग्रामीण क्षेत्रका विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्ने उल्लेख गर्दै विज्ञान संकाय सञ्चालनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रममा सहभागी अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरूले विज्ञान संकायलाई प्रभावकारी, गुणस्तरीय र दीगो रूपमा सञ्चालन गर्न आवश्यक सहयोग, सहकार्य र प्रतिबद्धता जनाएका थिए।

विद्यालयमा विगतदेखि सञ्चालन हुँदै आएको विज्ञान संकाय विद्यार्थी सङ्ख्या न्यून हुँदा केही समयदेखि स्थगित भएको भए पनि अब आधुनिक शैक्षिक वातावरण, प्रयोगशाला व्यवस्थापन तथा दक्ष जनशक्तिसहित पुनः सञ्चालन गर्ने विषयमा सकारात्मक वातावरण बनेको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मिन बहादुर दाहाल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण सहायक प्रधानाध्यापक कृष्ण प्रसाद बराल ले गरेका थिए। विज्ञान संकायको विगत, वर्तमान र भविष्यका सम्भावनाबारे विज्ञान संकाय संयोजक शिक्षक रमेश पौडेल ले प्रस्तुति राखेका थिए।

कार्यक्रमले जनज्योति माध्यमिक विद्यालय मा विज्ञान संकाय पुनः सञ्चालनप्रति स्थानीय तह, जनप्रतिनिधि, अभिभावक तथा शैक्षिक समुदाय सकारात्मक र एकजुट रहेको स्पष्ट संकेत गरेको सहभागीहरूले बताएका छन्।

वि.सं.२०८३ वैशाख २७ आइतवार १२:४५ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...