back
CTIZAN AD

बिहिबारदेखि मधुमेह सम्बन्धी बृहद् सम्मेलन हुँदै

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

1.1K 

shares

२६ कार्तिक, काठमाडौँ । नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत् सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा कामपाका ५० माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं मधुमेह रोगको न्यूनीकरण, नियन्त्रण तथा यससम्बन्धी जनचेतना जगाउने कार्यमा लामो समयदेखि सेवा गर्दै आएका वरिष्ठ विशेषज्ञ, चिकित्सक तथा सम्बन्धित विज्ञका साथै समाजसेवीको सहभागिता रहने समाजका अध्यक्ष शिव श्रेष्ठले जानकारी दिए ।

उनले नेपालमा विभिन्न खानपानको ज्ञान नहुनाले दिनानुदिन शहरी क्षेत्रमा मधुमेहका रोगी बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न सबैको पहल हुनुपर्नेमा जोड दिए । समाजका वरिष्ठ सदस्य एवं आयोजनाका संयोजक डा चुन्दा बज्राचार्यले कामपाका प्रअहरुको सहभागितामा हुने बहस कार्यक्रमबाट रोग न्यूनीकरणमा सहयोग मिल्ने बताए । उनले मधुमेहको रोगको उपचारमा लाग्नुभन्दा रोग लाग्न नै नदिनुतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा प्रदीपकुमार श्रेष्ठले मधुमेह रोकथामका उपाय तथा खानपानमा सुधारका विषयमा विस्तृत जानकारी दिने समाजले जनाएको छ ।

कार्यक्रममा गोल्डेन गेट इन्टरनेशनल कलेजका कार्यक्रम संयोजक तथा खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठले खाद्य तथा पोषणसम्बन्धी, तिलगङ्गा अफ्थाल्मोलोजी इन्ष्टिच्यूटका नेत्ररोग विशेषज्ञ डा इली प्रधानले मधुमेहबाट आँखामा हुने प्रभाव विषय तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले मुटुरोग सम्बन्धमा मन्तव्य दिने संयोजक डा बज्राचार्यले जानकारी दिए । समाजका संस्थापक संरक्षक डा मृगेन्द्रराज पाण्डेले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

वि.सं.२०७६ कात्तिक २६ मंगलवार १५:४६ मा प्रकाशित

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

एनएमबि बैंकद्वारा भोटेकोशी बाढीपीडितलाई ३ करोड ६१ लाख सहयोग

काठमाडौं । एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि एभरेष्ट बैंकको ३ करोड ११ लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट...

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण...