back
CTIZAN AD

उपनिर्वाचन २०७६ : स्वतन्त्र, निष्पक्ष बनाउने सरोकारवालाको प्रतिबद्धता

वि.सं.२०७६ मंसिर ३ मंगलवार

870 

shares

३ मङ्सिर, काठमाडौँ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, मर्यादित र निष्पक्ष बनाउने सिरहाका सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा यही मङ्सिर १४ गते हुने लागेको उपनिर्वाचनलाई लक्षित गरी समग्र विकास सेवा केन्द्रद्वारा आज आयोजित नागरिक शिक्षा कार्यक्रम स्वयंसेवक अभिमुखी अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आआफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा अघिल्लो निर्वाचनमा मत बदरको सङ्ख्या बढी देखिएकाले मतदातालाई सचेत बनाउनुपर्नेमा जोड दिँदै वक्ताले उपनिर्वाचनलाई मर्यादित, भयरहित र निष्पक्ष बनाउन सबैले आफ्नो भूमिका बढाउनुपर्ने बताएका छन् ।

समग्र विकास सेवा केन्द्रका कार्यकारी निर्देशक डा प्रेमराज ढुङ्गेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कल्याणपुर नगरपालिकाका उपाध्यक्ष रोहनीकुमारी यादवले निर्वाचनमा हुने मत बदरको सङ्ख्यामा कमी ल्याउन मतदाता शिक्षामा जोड दिनुपर्ने बताए ।

उनले निर्वाचनको बेला उम्मेदवार र तिनका समर्थकले मतदातासँग केवल मत मात्र माग्ने तर मत कसरी खसाल्ने भन्नेबारेमा राम्ररी नसिकाउने गरेकाले विगतमा मत बदरको सङ्ख्या बढ्ेको उल्लेख गरे ।

कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सिरहाका प्रमुख इन्दिरा यादवले उपनिर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन कार्यालयको तर्फबाट भइरहेको प्रयास बारे स्पष्ट पार्दै यसमा सबै पक्षसँग सकारात्मक सहयोगका लागि आग्रह समेत गरे ।
कार्यक्रममा नेकपाका किरण जिसी, काङ्ग्रेसका अलि हसन, राजपाका राजदेव यादवले उपनिर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन आफ्नो दलका तर्फबाट पूर्णरूपमा निर्वाचन आचारसंहिता पालना गरिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक शिक्षा कार्यक्रमका लागि परिचालन गरिएको स्वयंसेवकलगायतको सहभागिता रहेको थियो । सो वडाको वडाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट दिलीपकुमार यादव, काङ्ग्रेसबाट राजकुमार मुखिया, राजपा नेपालबाट प्रदीपकुमार महतो, समाजवादी पार्टी नेपालबाट किशोरी साह, सिके राउत नेतृत्वको जनमत पार्टीबाट मो अताउल रहमान, राप्रपाबाट मो वसिर राइन र राप्रपा संयुक्तबाट मो अताबुल राइन, नेपाल लोकतान्त्रिक पार्टीबाट राजलाल सदा चुनावी मैदानमा छन् ।

यस्तै सूर्यनारायण राय, श्यामबाबु दास, रामआशिष सिंह, गौरीशङ्कर यादव, हेबु मुखियाले स्वतन्त्ररूपमा उम्मेदवारी दिनुभएको छ । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्ष पदमा काङ्ग्रेसबाट निर्वाचित रामदेव यादवको २०७५ वैशाख १८ गते निधन भएपछि सो पद रिक्त थियो ।

उपनिर्वाचनका लागि आधारभूत विद्यालय तिलासी बेलहा र विष्णुचरण आधारभूत विद्यालय बेलहा गरी दुई मतदान केन्द्र निर्धारण गरिएको छ ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार १४:०२ मा प्रकाशित

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...