back
CTIZAN AD

जाडोको मौसममा अनुहारलाई सुन्दर राख्न चाहनुहुन्छ ? त्यसो भए यसो गर्नुहोस्

वि.सं.२०७६ मंसिर ३ मंगलवार

816 

shares

३ मसिंर । जाडोको समयमा प्रायः छाला सुख्खा हुने, फुट्ने गर्दछ । हाम्रो शरिरलाई आबश्यक पर्ने पानी तथा झोल पदार्थ नखानु वा कम खानुको कारणले छाला फुस्रो हुने फुट्ने लगायतका समस्याहरु आउछन् । यसले गर्दा हाम्रो व्यक्तित्वमा नै असर पुराउँछ । तर हामीले केहि स– साना कुरामा मात्र पनि ध्यान दियौँ भने यस्ता समस्याबाट छुट्करा पाउन सक्छौ । चिसो मौसममा हाम्रो छाला तथा अनुहारलाई स्वच्छ राख्न यी कुरामा ध्यान दिन आवश्यक देखिन्छ ।

 मनतातो पानीको प्रयोग
चिसो समयमा हामीले जहिल्यैपनि मन तातो पानीले अनुहार धुने गर्नु पर्दछ । जसले गर्दा हाम्रो अनुहारमा रहेका बन्द भएका छालाका छिद्रहरु खुल्नको लागी सहयोग गर्दछ र अनुहारको छालभित्र रहेका फोहोरहरु निस्कन सक्दछ । त्यसले गर्दा अनुहार चम्किलो र सफा हुन मद्धत पुग्दछ ।

अत्याधिक पानी पिउने र फलफूलको सेवन गर्ने

जाडो समयमा हामीले चिसो हुने हुँदा पानी लगायत झोलपदार्थ कम मात्रामा खाइरहेका हुन्छौँ जसले गर्दा हाम्रो शरीरमा पानीको मात्रा कम हुन गई छाला सुख्खा हुनेगर्दछ । फलस्वरुव अनुहारमा चाँया ,पोतो देखापर्न सक्छ यसबाट बच्नका लागि दिनमा कम्तिमा पनि ३ लिटर जति पानी पिउन आवश्यक हुन्छ । पानीको कम प्रयोगले छलामा चाहिने रक्तसंचार र पोषणहरु पुर्याउन सक्दैन जसले गर्दा अनुहारमा समस्या देखा पर्दछ ।

हल्का मेकअप गर्ने
अनेक थरिका क्रिमको प्रयोग गर्दा अनुहारमा बिभिन्न समस्या देखा पर्दछ । त्यसैले घरबाट निस्कने क्रममा सामान्य मोस्चराइजर क्रिम र सन ब्लक क्रिमको मात्र प्रयोग गर्नु पर्दछ ।

दिनमा ४,५ पटक अनुहार धुने
प्रायः मानिसहरु बिहान मेकअप गरेर निस्किएपछि घर फर्केर मात्र मुख धुने गर्दछन् । यो गलत हो । यदी अनुहार राम्रो बनाउन चाहाना छ भने घण्टामा एक पटक मुख धोएर सामान्य मोस्चराइजर क्रिम लगाउने गर्नुपर्छ । जसले गर्दा तपाईको अनुहारको छाला स्व्च्छ हुनुको साथै चमकदार देखिनेछ । यदी मुख धुन सम्भब छैन भने तपाई हल्का भिजेको टिस्युले आफ्नो मुख सफा गर्न सक्नुहुन्छ ।

पर्याप्त निदाउनुहोस्
प्रत्येक व्यक्तिका लागि पर्याप्त निद्रा आवश्यक हुन्छ । प्रर्याप्त निद्राले तपाईको प्रतिरक्षा क्षमता वृद्धि हुन्छ । त्यसकारण पनि तपाई पर्याप्त सुत्नुहोस् ।

विभिन्न कोल्ड डिङक्स्बाट टाढै रहनुस्
चिकित्सकका अनुसार चिसो खाना र चिसो पेय पदार्थले पाचन रसको प्रभावलाई कम गर्छ । यसबाट विषाक्त पदार्थको निर्माणमा वृद्धि हुन्छ । त्यसैले चिसो मौसममा चिसो खाद्य पदार्थ र पेय पदार्थको सेवन नगर्दा नै राम्रो हुन्छ ।

तनावबाट टाढा रहने
तनावका कारण हाम्रो शरीरमा हर्मोनको उत्सर्जनमा घटबड हुन जान्छ । जसको प्रत्यक्ष असर हाम्रो अनुहारमा देखिन्छ । त्यसैले तनावबाट टाढै रहनुपर्छ । तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने र सकारात्मक सोच लिने गर्नुपर्छ ।

शरीरलाई सक्रिय राख्ने
जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी नगर्ने, बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा पनि तपाई स्वस्थ्य देखिनुहुन्छ ।

वि.सं.२०७६ मंसिर ३ मंगलवार १३:५९ मा प्रकाशित

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...