back
CTIZAN AD

जापानी राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण

वि.सं.२०७६ मंसिर ३ मंगलवार

801 

shares

३ कार्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ जेममा रहेको देउराली आधारभूत विद्यालयको कक्षा कोठा भवन निर्माण भएको छ । काठमाडौँस्थित जापानी राजदूतावासको सहयोगमा भौगोलिकरुपमा विकट र दुर्गम गाउँमा सुविधा सम्पन्न भवन निर्माण भएको हो ।

दूतावासको रु ९१ लाख ६१ हजार सहयोगमा दुई तले आठ कोठे कक्षा कोठा भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पोष्टबहादुर विश्वकर्माले जानकारी दिए । विसं २०७२ को भूकम्पका कारण पुरानो भवन जीर्ण बनेको थियो । “नयाँ भवन बनेपछि पठनपाठनमा धेरै सहज भएको छ”, प्रअ विश्वकर्माले भने “यस्तो विकट गाउँमा पनि पक्की भवन बनेकामा धेरै खुशी र उत्साहित भएका छाँै ।”

गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनको समन्वयमा दूतावासले सहयोग गरेको व्यवस्थापन समितिका अध्यक्ष उमेश पुनले बताए । राजदूतावासको सहयोगका अलावा स्थानीयवासीले रु नौ लाख बराबरको श्रमदान गरेका थिए ।
भूकम्प प्रतिरोधी क्षमताको नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । यसअघि पुरानो जीर्ण भवनमा बसेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । पर्खाल चिरा परेको, पानी चुहिने र भूईं हिलो हुने समस्या थियो ।
नयाँ पक्की भवन निर्माण भएपछि सुरक्षित अनुभव भएको कक्षा ८ की छात्रा ईशा घर्तीले बताए । विसं २०४२ मा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन हुने गरेको छ । विद्यालयमा २०२ विद्यार्थी रहेका शिक्षक तुलबहादुर पुनले बताए ।

दुई जना दरबन्दी, तीन जना राहत र तीन जना निजी स्रोतका शिक्षक छन् । निजी शिक्षकको तलबभत्ताका लागि बेली र जेम गाउँका बासिन्दाले प्रतिघर रु एक हजार चन्दा सहयोग गर्दै आएका छन् । दुई वर्षअघि कच्ची सडक पुगेको जेम गाउँ म्याग्दीको दुर्गम बस्ती मानिन्छ ।
नवनिर्मित भवनको सोमबार जापानी राजदूतावासका प्रतिनिधि यासुकी स्याण्डोले उद्घाटन गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवाल, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु र वडाध्यक्ष नरबहादुर पुनले भवनले विद्यालयको

वि.सं.२०७६ मंसिर ३ मंगलवार १३:२९ मा प्रकाशित

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...