३ मङ्सिर, काठमाडौँ । घटेर तिनदिन लगातार स्थिर रहेको सुनको मूल्य आज मंगलबार ४ सयले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलाको ७१ हजार ६ सय रुपैँयामा कारोबार भएकोमा तोलामा ४ सय रुपैयाँले बढेर ७२ हजार पुगेको छ ।
त्यसैगरी आज तेजावी सुनको भाउ पनि तोलामा ४ सयले बढेर ७१ हजार ७ सय मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ । तोलाको १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७६ मंसिर ३ मंगलवार १३:१८ मा प्रकाशित






























