back
CTIZAN AD

हुम्लामा स्याउ जोन कार्यक्रम शुरु हुँदै

वि.सं.२०७६ मंसिर ४ बुधवार

807 

shares

४ मङ्सिर, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकालाई स्याउको पकेट क्षेत्रका रुपमा विकास गर्न लागिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत सरकारले उक्त योजना ल्याएको हो । सिमकोटका किसानलाई लक्षित गरी ल्याइएको ‘स्याउ जोन कार्यक्रम’ ६ वर्षसम्म सञ्चालन हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । उक्त परियोजनामा ७० प्रतिशत सङ्घीय सरकारको र ३० प्रतिशत स्थानीयवासीको लगानी हुने परियोजना कार्यन्वयन इकाई हुम्लाका प्रमुख राम सुरत पालले जानकारी दिए ।

जिल्लाको सिमकोट गाउँपालिका–३, ४ को पाँच सय हेक्टर क्षेत्रफलमा सो परियोजना कार्यान्वन हुने जनाएको छ । “समुद्री सहतबाट दुई हजार एक सयदेखि तीन हजार मिटर उचाईसम्मको भु–भागमा स्याउ उत्पादन गर्न सकिने छ”, इकाई प्रमुख पालले भने, “स्याउ खेती विस्तारका लागि जिल्लाका सातवटा गाउँपालिकासँग समन्वय भइरहेको छ ।”

जिल्लाका विभिन्न क्षेत्रमा उन्नत जातको बीउ, नयाँ पद्दति तथा प्रविधि अपनाएर सुहाउँदो अनुकूल परिस्थिति हेरेर स्याउखेती गरिने उनले बताए ।

स्याउ जोन कार्यक्रमका लागि ठाउँ छनोट गरेर माटो परीक्षण गरी स्याउखेती शुरु गरिने उनले बताए । अबको दुई, तीन वर्षमा सिमकोट गाउँपालिका–३र४ मा स्याउ उत्पादन गर्ने गरी कार्यक्रम कार्यान्वयन गरिने पनि उनले बताए ।

स्याउ जोन कार्यक्रम लागू भएपछि यहाँका किसानको आम्दानीको स्रोत बढ्ने अपेक्षा गरिएको छ ।

हुम्लामा केही किसानले व्यावसायिक रुपमा स्याउ उत्पादन गर्दै आएको भएपनि बजार र ढुवानीको समस्याले बारीमा फलेका स्याउलाई बजारसम्म पु¥याउन नसक्दा यसको खेतीतर्फ किसानको निरासा बढ्दै गएको स्याउ उत्पादक किसान गोविन्द लामाको भनाइ छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषि सामग्री र प्रविधिको प्रयोग, कृषिमा यान्त्रिकीरण, कृषिउपजको स्याहार, प्रशोधन, गुणस्तर नियन्त्रण, बजार व्यवस्थापन तथा प्राविधिक शिक्षासमेतको संयोजन गर्दै समग्र कृषि क्षेत्रको आधुनिकीकरण गर्न प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सुरु गेरको हो । (रासस)

वि.सं.२०७६ मंसिर ४ बुधवार ११:२८ मा प्रकाशित

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

वर्षाका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा...

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

अब घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य लिनुपर्ने

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न...

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा...

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...