back
CTIZAN AD

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

वि.सं.२०८३ साउन २१ बिहीवार

96 

shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारी निकायहरूको अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

केन्द्रका अनुसार सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता देशभरका ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ। अनुगमनका क्रममा आचारसंहिता पालना नगरेको पाइएपछि ८ हजार ८३० कर्मचारीलाई कारबाही गर्न सम्बन्धित अख्तियारवालालाई निर्देशन दिइएको केन्द्रले जनाएको छ।

केन्द्रले राष्ट्रिय गौरव तथा अन्य योजनाको प्राविधिक परीक्षण, सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरणका लागि ुफाइल ट्र्याकिङु प्रणाली सञ्चालन तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षणलगायतका कार्यसमेत अघि बढाइरहेको जनाएको छ।

यस्तै, केन्द्रलाई थप अधिकारसम्पन्न बनाउन ‘सतर्कता ऐन’ तर्जुमा गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ। आगामी दिनमा प्रविधिमैत्री निगरानी प्रणाली विस्तार गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सतर्कता अधिकृतको व्यवस्था गरी नियमन प्रणालीलाई थप सुदृढ बनाइने केन्द्रको योजना छ।

सरकारी निकायमा हुने भ्रष्टाचार, कर्मचारीले आचारसंहिता उल्लङ्घन गरेको वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना राष्ट्रिय सतर्कता केन्द्रको हटलाइन नम्बर ०१–४२००३४५ मा फोन गरेर उपलब्ध गराउन केन्द्रले सर्वसाधारणलाई आग्रह गरेको छ।

वि.सं.२०८३ साउन २१ बिहीवार १९:५८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...