back
CTIZAN AD

उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.1K 

shares

 

१८ मङ्सिर, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ ।

उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराउनुभयो ।

सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी पनि गराउनुभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताउनुभयो ।

नेताहरुको छलफलका क्रममा उहाँहरुले सहमतिको राजनीतिलाई नै अघि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको र दलहरुबीचको अविश्वास हटाएर सहमतिका लागि आवश्यक परेमा आफूले भूमिका खेल्न तयार रहेको सभामुखले उपराष्ट्रपतिलाई जानकारी गराउनुभयो ।

उपराष्ट्रपति पुनले राजनीतिक दलहरुबीचमा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिनुभयो ।

सहमतिबाट संविधानको कार्यान्वयन गरी देशलाई आर्थिक विकास गराउन दलीय सहमति अपरिहार्य भएकोमा जोड दिँदै उहाँले आवश्यक समन्वयकारी भूमिका खेल्न सभामुखलाई आग्रह गर्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १०:५४ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...