back

एनआरएनए साइप्रसले गर्यो समस्यामा परेका महिला दिदीबहिनीका लागि सेफ हाउसको व्यवस्था

वि.सं.२०७६ मंसिर १० मंगलवार

729 

shares

१० मंसिर, साइप्रस । गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसको पहलमा साइप्रसमा रहेका नेपाली महिलालाई समस्या पर्दा बस्ने घर (सेफ हाउस) को व्यवस्था गरिएको छ ।

एनआरएनएका निर्वतमान अध्यक्ष सुवास मल्लको पहलमा सुरु गर्न लागेको उक्त सेफ हाउसको हालै नवनिर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन (सुष्मा) को कार्यकालमा समुद्घाटन गर्न लागिएको एनआरएनए साइप्रसद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

साइप्रसमा विभिन्न अवसरका लागि पुगेका नेपाली महिलाहरुको समस्यामा सहयोग गर्न सेफ हाउसको व्यवस्था गर्न लागिएको अध्यक्ष पुनले संसारन्युजलाई बताएकी छन् ।

पुनका अनुसार साइप्रसको निकोसियामा रहेको उक्त सेफ हाउसको डिसेम्बर १५ मा उद्घाटन तथा हस्तान्तरण  गरिने छ । उनले यस पुनित कार्यका लागि साइप्रसमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनी, सहयोगदाता, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको अनिवार्य तथा गरिमामय उपस्थितिको लागि अनुरोध समेत गरेकी छन् ।

झण्डै १५ जना बस्न मिल्ने उक्त सेफ हाउसको मासिक भाडा ५५० युरो रहेको र उक्त रकम मनकारी दाजुभाइ दिदीबहिनी तथा सहयोगीदातासंग अपिल गरिने पनि अध्यक्ष पुनले बताएकी छन् ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १८:५९ मा प्रकाशित

Himalayan Life AD
अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिकाका विभिन्न सहरमा यसरी मनाइयो माघे संक्रान्ति

अमेरिका । जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौ हाम्रो...

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

पोर्तुगलमा गठन भयो ‘श्रम संस्कृति पार्टी’, अध्यक्ष बने विकास आले

धरानका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको ११...

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

विविध कार्यक्रम गरी मगर संघ नर्वेले मनायो माघे संक्रान्ति

प्रेम परियार,ओस्लो । नर्वे मगर संघ नर्वेले विविध कार्यक्रम गरेर...

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

नेपोस नर्वेको आयोजनामा अन्तरक्रिया सम्पन्न

ओस्लो । नेपाली पोर्चुगिज समाज (नेपोस) को आयोजनामा नर्वेमा “समान...

नर्बेमा मनाइयो ल्होसार

नर्बेमा मनाइयो ल्होसार

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार...