back
CTIZAN AD

नर्बेमा मनाइयो ल्होसार

वि.सं.२०८२ पुस २२ मंगलवार

1.1K 

shares

प्रेम परियार,नर्वे । तमु समाज नर्बेको आयोजनामा नर्वेमा तमु ल्होसार मनाइएको छ ।

डिसेम्बर ३० मा नर्बेको ओस्लोस्थित कालबाकेंनको हलमा तमु समुदायको महान सांस्कृतिक पर्व तमु ल्होसार तथा नयाँ वर्ष कार्यक्रम भव्यरुपमा मनाइएको हो ।

प्रमुख अतिथि तथा एनआरएनए नर्बेकी अध्यक्ष श्रदासिंह थापा तथा तमु समाज नर्बेका अग्रज बौद्धिक ब्यक्तित्व समाजसेवी हेम गुरूङले विधिवत संयुक्त रूपमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

टंक गुरुङद्वारा संचालन सो कार्यक्रममा जीत गुरुङले तमु ल्होसारको महत्व र सर्प बर्गको बिदाई गरी घोड़ा बर्गलाई स्वागत गरिएको बताए ।
निर्धारित समय अनुसार उद्घाटन गरिएको सो कार्यक्रममा प्रमुख अतिथि थापाले अहिलेको नयाँ पुस्ताले बिदेशमा रहेर पनि सामूहिक रूपमाँ विभिन्न चाडपर्व मनाउन पाएको र हाम्रो बिबिधतामा एकता सांस्कृतिक पर्व, भेष भूषा र मौलिकता झल्कने चाडपर्वले नेपाल र नेपाली समुदायबीच सम्बन्ध सुमधुर बनाएको बताइन् ।

थापाले यिनै हाम्रा मौलिक चाडपर्वले नेपाल र नेपालीको पहिचान आत्मीय सद्भाव र भावनासंग नेपाल र नेपाली मन पनि जोडि़एको कुरामा खुशी व्यक्त गर्दै कार्यक्रम भव्य सफलताको शुभकमना दिइन् ।

समाजसेवी गुरुङले, गुरुङ भाषामा स्वागत मन्तब्य दिदैँ तमु समुदायले तमु ल्होसार नयाँ वर्षको रुपमा मनाउने ऐतिहासिक सांस्कृतिक पर्व रहेको बताए । गुरुङले यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरे ।

सर्प वर्गको बिदाई र नयाँ वर्ष– ’त’ ल्होछार (घोडा वर्ग) लाई स्वागत गरीने सो कार्यक्रममा घोड़ा बर्गमा जन्मेका व्यक्तिहरू लाई दःुख, कस्ट नपरोस भनि गुरुंङ समुदायको आफÞनो बिधि अनुसार भविष्यमा भै परी आउने कुनै अशुभ र जोखिमबाट जोगिन विधिवत रूपमा तयार पारिएको धागों र जंतर लगाई शुभकमाना दिने कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा उपस्थित अधिकांस पुरुषले नेपाली ढाका टोपी, भाँग्रा, कछाडमा र महिलाहरू गुन्यू चोली र घलेकमा सजिएर विभिन्न संगीतमा एकल तथा सामूहिक नृत्य प्रस्तुतले कार्यक्रम थप रोचक बनाएको थियो ।
कार्यक्रममा नर्बेस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिसहित झण्डै ४ सय जनाको उपस्थितिले कार्यक्रम ऐतिहासिक बनाएको छ ।

वि.सं.२०८२ पुस २२ मंगलवार १६:५० मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...