back
CTIZAN AD

नेकपा नुवाकोटमा जिम्मेवारी बाँडफाँटको टुंगो लाग्यो

वि.सं.२०७६ मंसिर १४ शनिवार

741 

shares

१४ मंसिर, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको छ भने १२ वटै स्थानीय तहमा अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज चयन गरेको नेकपा नुवाकोटका इञ्चार्ज महेन्द्रबहादुर पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार निर्वाचन क्षेत्र नं १ को संयोजकमा पदम उप्रेती र सचिवमा राजन गौतमलाई जिम्मेवारी दिइएको छ । क्षेत्र नं २ को संयोजकमा राजकुमार रेग्मी ‘सन्देश’ र सचिवमा हरि अधिकारी चयन भएका छन् । प्रदेशसभा १ (क) को संयोजकमा बलराम आचार्य र सचिवमा राजन श्रेष्ठ, प्रदेशसभा १ (ख) को संयोजकमा सुवास तामाङ र सचिवमा जीतबहादुर घलेलाई जिम्मेवारी दिइएको छ ।

प्रदेशसभा २ (क) को संयोजकमा नवीन पुडासैनी र सचिवमा माधव पाण्डे, प्रदेशसभा २ (ख) को संयोजकमा गणेश श्रेष्ठ र सचिवमा सुवास तामाङलाई जिम्मेवारी दिइएको छ । बैठकले स्थानीय तहअनुसार जिल्लाको १२ वटै पालिकाको इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ ।

नेतृत्व चयनको क्रममा दुई पार्टी साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मध्ये एकअर्को गरेर बराबर सङ्ख्यामा पद विभाजन गरिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहमा पदीय विभाजनका लागि ७२ पदमा महिला एक मात्र किस्पाङ गाउँपालिकाको सहइन्चार्जमा श्रीमाया लामा चयन हुनुभएको छ । नेकपा नुवाकोटका नारायणप्रसाद खतिवडाको अनुसार वडा कमिटी विस्तार गर्न सम्बन्धित स्थानीय तहको नेतृत्वलाई जिम्मेवारी दिइएको छ ।

वि.सं.२०७६ मंसिर १४ शनिवार १२:१२ मा प्रकाशित

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति...

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...