back
CTIZAN AD

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

वि.सं.२०८३ असार ८ सोमवार

252 

shares
ढोरपाटन । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा स्याउखेती गरीे आयआर्जनको बाटो पहिल्याएको  छ ।
गाउँपालिका–४ को गोर्दी, बहेली क्षेत्रका बाझो जमिनमा एक हजार ५०० जातका  विभिन्न स्याउका बिरुवा रु सात लाखको लगानीमा रोपी खेती गर्न थालेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले बताउनुभयो । बिरुवाको देखदेख, गोडमेल र व्यवस्थापन सोही वडाले गर्ने गरी व्यवस्था मिलाएको छ ।
समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रहेको गोर्दी र तीन हजार ५०० मिटरको उचाइमा रहेको बहेलीमा स्याउ लगाएर हुर्किएपछि राम्रो उत्पादन हुने विश्वास गाँउपालिकाले गरेको छ ।  पालिकाले कार्यविधि बनाइ पहिलो चरणमा बाझो जमिनमा खेती गरेको हो ।
“यो क्षेत्रमा स्याउखेती राम्रो हुने अपेक्षा लिएका छौँ, सुरुमा परीक्षणका लागि २० रोपनीमा पन्ध्र सय बिरुवा लगाएका छौँ, यसले उत्पादन दिन थालेपछि अन्य क्षेत्रमा पनि विस्तार गर्ने हाम्रो योजना छ”, अध्यक्ष बुढा मगरले भन्नुभयो, “यस क्षेत्रमा स्याउ उत्पादन हुन थाल्यो भने यहाँका नागरिक आयआर्जनसँग जोडिने छन्, भने पर्यटन प्रवद्र्धन पनि हुने अपेक्षा लिएका छौँ ।” अध्यक्षले भन्नुभयो ।

वि.सं.२०८३ असार ८ सोमवार १२:३६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...