१५ मंसिर, युएई । नेपाल पत्रकार महासंघ युएई शाखाको अध्यक्षमा लक्ष्मण खनाल चयन भएका छन् ।
शुक्रबार युएईमा भएको महासंघको पाँचौँ अधिवेशनले खनालको अध्यक्षतामा नौँ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मेघराज सापकोटा, सचिवमा मोहन बस्याल, सह–सचिवमा राम ढुङेल र कोषाध्यक्ष माधव न्यौपाने र सदस्यहरुमा राम कुमार परियार, हरी दुलाल, खिमलाल पाण्डे, पृथीछक बुढा चयन भएका छन् ।
अधिवेशनले राष्ट्रिय परिषद् सदस्यमा निमेश गिरी, सल्लाहकारमा हरि नेपाली र एकेन्द्र बहादुर थापालाई चयन गरेको छ ।
सोहि अवसरमा नवनिर्वाचित अध्यक्ष खनालले प्रवासको पत्रकारीता जोखीमपूर्ण रहेको हुनाले त्यो जोखिमबाट पत्रकारहरुलाई सचेत गराउदै, पत्रकारीता विकासको लागि पत्रकारहरुलाई तालिमहरु दिई समाजिक पत्रकारीतामा अब्बल बनाउने योजना रहेको बताए ।
विदेशमा रहेका नेपालीहरुको हक हितमा निर्भीक भएर कलम चलाउने भन्दै खनालले नेपालीहरुले भोग्नु परेको समस्याको समाधानका लागि युएईमा रहेका सबै नेपाली समाजहरु र दूताबाससँग समन्वयन गरी महासंघ अगाडी बड्ने जानकारी समेत दिए ।
पत्रकार महासंघ युएई शाखाको अधिवेशनको लागि नेपाल पत्रकार महासंघका अध्यक्षमा गोविन्द आचार्यको उपस्थिति रहेको थियो । अध्यक्ष आचार्यले नयाँ कार्य समितिलाई बधाई दिदै अगामी दिनहरुमा अझ शसक्त रुपमा कलम चलाएर स्वतन्त्र रुपमा पत्रकारीता गर्न आग्रह गरेका थिए ।
वि.सं.२०७६ मंसिर १५ आइतवार ०९:३७ मा प्रकाशित






























