back
CTIZAN AD

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

वि.सं.२०८३ वैशाख २३ बुधवार

1.8K 

shares

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन हुने सवारी साधनमाथि रोक लगाएको छ। गाउँपालिकाको कार्यालयले एक सूचना जारी गर्दै  मुख्य तथा सहायक सडकखण्डहरूमा क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण सडकमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको बताएकाे छ ।

गाउँपालिकाले मापदण्ड विपरित माल बाेकेका सवारी सडकमा गुड्दा पछिल्लो समय विभिन्न स्थानमा सडक भत्किने, खाल्डाखुल्डी बन्ने तथा सवारी आवागमनमा अवरोध सिर्जना हुने समस्या बढ्दै गएको जनाएको छ। विशेषगरी भारी सवारी साधनले सडकको क्षमताभन्दा बढी भार बोक्दा सडक संरचना कमजोर बन्दै गएको उल्लेख गरिएको छ।

सूचनामा अब उप्रान्त सवारी साधनहरूले तोकिएको भार क्षमता ननाघी सञ्चालन गर्नुपर्ने स्पष्ट पारिएको छ। नियम उल्लंघन गर्ने सवारी चालक, व्यवसायी तथा सम्बन्धित निकायमाथि कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

गाउँपालिकाले सबै सरोकारवालालाई जिम्मेवार भई सडकको दीगो संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।

वि.सं.२०८३ वैशाख २३ बुधवार १६:५० मा प्रकाशित

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...