back
CTIZAN AD

जनतालाई सेवा दिने अस्पतालमा राजनीति नगर्न मन्त्री ढकालको आग्रह

वि.सं.२०७६ मंसिर १५ आइतवार

891 

shares

१५ मङ्सिर, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भरतपुर अस्पतालको निरीक्षण गरी जनतालाई प्रत्यक्ष सेवा दिने अस्पतालजस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गरेका छन् ।

“म अस्पतालजस्तो क्षेत्रलाई कोही कसैको नभनी काममा लगाउँछु । तपाईँहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ । सबै मिलेर सेवाभावले काम गरौँ”, मन्त्री ढकालले थपे, “अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु, त्यो रोक्ने प्रयत्न मेरो रहने छ ।”

अस्पतालको स्तरवृद्धि र साधन स्रोतको व्यवस्थापन प्राथामिकताका आधारमा हुने उनको भनाइ थियो । गरीब बिरामीले सेवा र औषधि नपाउने समस्या समाधानमा आफ्नो मुख्य दायित्व रहेको मन्त्री ढकालले बताए ।

सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनिक खर्चमा बढी हुने गरेको बताउँदै उनले यसलाई कटौती गर्ने तयारीमा आफू रहेको जानकारी दिए । ढकालले भने, “स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाएको छु, यो बेथिति रोक्ने काम गर्नेछु”, उनले भने, “बिरामीले औषधि महङ्गोमा किन्नुपरेको समेत जानकारी आएका कारण यसलाई पनि रोक्ने मेरो प्रयत्न रहने छ ।”

भरतपुर अस्पतालको आफ्नो जमीन अरुलाई बाँडिसकेको प्रसङ्ग कोट्याउँदै उनले यो अस्पताल सम्पत्ति भएर सुकुम्वासी बाबु आमाजस्तो भएको बताए । मन्त्री ढकालले अस्पतालले स्वामित्वसमेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिइएको जग्गाको विषयमा अध्ययन गरी फिर्ता लिने प्रक्रिया अघि बढाउने बताए । आफू कानूनको विद्यार्थी भएकाले स्वास्थ्य क्षेत्रको विषयमा बुझ्ने काम भइरहेको बताउँदै उनले चिकित्सा सेवालाई प्रभावकारी र सेवामुखी बनाउन समेत कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरीटेण्डेण्ट प्रा डा कृष्ण पौडेल, डा भोजराज अधिकारीलगायतले अस्पतालका समस्याका बारेमा मन्त्री ढकाललाई जानकारी गराएका थिए ।
गत वर्ष मात्र भरतपुर अस्पताल केन्द्रीय अस्पतालको रूपमा विकास भएको हो । अस्पतालमा ६०० श्यया छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वार्षिक तीन लाख ५० हजारभन्दा बढी बिरामीले भरतपुर अस्पतालबाट सेवा लिँदै आएका छन् ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १३:४० मा प्रकाशित

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...