१६ मंसिर, काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनका सहसंयोजक खगेन्द्र शाहीले विकास विरोधी र भ्रष्ट अधिकारीहरु विरुद्ध कडा कदम चाल्न आवश्यक रहेको बताउँदै प्राधिकरणको खुट्टा तान्न खोज्नेहरुलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा शाहीले विद्युत् प्राधिकरणको महत्वपूर्ण फाइल सिंहदरबारमा पुगेपछि महिनौ अड्कने र विकास निर्माणका कामहरु अलपत्र पर्ने स्थिति पैदा भएको समेत बताएका छन् ।
बिकास बिरोधी र भ्रष्ट अधिकारीहरु र सस्तोमा ठेक्का पारी पेश्की बुझेर काम नगर्ने ठेकेदारहरुको पहिचान गरि देशभरका हाम्रा कार्यालय तथा गाडीहरुमा उनीहरुको फोटो टाँस्ने काम गर्नुपर्ने आवश्यक्ता महसुस भएको उल्लेख गरेका छन् । राष्ट्रसेवकले जनताको सेवामा ध्यान दिनुपर्दछ भन्ने मान्यतामा जोड दिँदै आएका शाहीले विकास र उन्नतिका लागि जस्तो सुकै परिणाम भोग्न परे पनि तयार हुनुपर्ने बताएका छन् । छन् । उनले भनेका छन् ‘जस्तोसुकै परिणाम भोग्न किन नपरोस कडा कदम नचाली भएको छैन ।’
यस्तो लेखेका छन् शाहीले
‘नेपाल बिधुत प्राधिकरणका महत्त्वपूर्ण र जरुरी फाईलहरु सिंहदरबार पुगेपछि महिनौं अड्किने र बिकास निर्माणका कामहरु अलपत्र पर्ने स्थिति पैदा भएको छ । जसबाट तीन बर्षभित्र नेपालभर बिधुतिकरण गर्ने तथा बेला बेलामा बिधुत जाने समस्याबाट मुक्ति पाउन : प्रशारण तथा बितरण प्रणालीमा सुधार ल्याई गुणस्तरिय बिधुत सेवा प्रदान गर्ने योजनामा गम्भीर धक्का लाग्दैछ । पछिल्ला बर्षमा ल्भ्ब् ले गरेको प्रगतिलाई देखेर खुट्टा तान्न खोज्ने उर्जा, बन, अर्थ लगायतका मन्त्रालयका बिकास बिरोधी र भ्रष्ट अधिकारीहरु र सस्तोमा ठेक्का पारी पेश्की बुझेर काम नगर्ने ठेकेदारहरुको पहिचान गरि देशभरका हाम्रा कार्यालय तथा गाडीहरुमा यसरी नै फोटो टाँस्ने काम गर्नुपर्ने आवश्यक्ता महसुस भएको छ । जस्तोसुकै परिणाम भोग्न किन नपरोस बिकाश र उन्नतिका खाँतिर कडा कदम नचाली भएको छैन ।’
वि.सं.२०७६ मंसिर १६ सोमवार ०९:४१ मा प्रकाशित






























