१६ मङ्सिर, काठमाडौँ । सडक डिभिजन कार्यालय, जनकपुरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई दिनेश अर्याल सहित ७ जना माथि मुद्दा दायर गरिएको छ ।
जनकपुरका डिभिजन प्रमुख अर्याल र लेखा प्रमुख जिवनाथ पोख्रेलसमेतले ठेक्काको बोलपत्रमा केरमेट गरी सच्याएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख सि।डि।ई। दिनेश अर्याल, लेखा अधिकृत जिवनाथ पोख्रेल, इन्जिनियर राजकुमार यादव र इन्जिनियर सन्जिवकुमार साहसमेतलाई नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका क्रममा निजहरुले सरकारी कागजात गैरकानूनी रूपमा सच्याई आफू र बोलपत्रदातालाई गैरकानूनी लाभ र्पुयाई नेपाल सरकार र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो असुल उपर गरी जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १६ सोमवार १४:५५ मा प्रकाशित






























