back
CTIZAN AD

महिला उम्मेदवारलाई पत्याएनन् मतदाताले, आफ्नोबाहेक अरुको मत पाउन सकेनन्

वि.सं.२०७६ मंसिर १८ बुधवार

762 

shares

१८ मङ्सिर,मध्यपुरथिमि ।
भक्तपुर क्षेत्र नं १ (क) मा गत १४ गते भएको प्रदेशसभा सदस्य पदको उपनिर्वाचन सकिएर नतिजा आइसकेको छ । यो उपनिर्वाचनमा दलले महिलालाई उम्मेदवार बनाउन पत्याएनन् भने मतदाताले स्वतन्त्र उम्मेदवार बनेका महिला उम्मेदवारलाई पत्याएनन् ।

उपनिर्वाचनमा प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का डिपी ढकाललाई दुई हजार २४३ मतको अन्तरले पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भइरहँदा महिला उम्मेदवारको चर्चा भने शून्य नै रह्यो । प्रदेशसभा सदस्यका लागि तीन जना महिलाले स्वतन्त्र उम्मेदवारी त दिए तर उनीहरुले आफ्नोबाहेक अरुको मत पाउन सकेनन् ।

उपनिर्वाचनमा १९ जनाले उम्मेदवारी दिएका थिए । नौ वटा दलका उम्मेदवार र १० जना स्वतन्त्र उम्मेदवार । स्वतन्त्र उम्मेदवारमध्ये सुमना कार्की, सङ्गीता पौडेल आचार्य र सुजाता देउजाले प्रदेशसभा सदस्यको सपना बुन्दै उम्मेदवारी दिएका थिए । उनीहरुले जमानत जोगाउने त परै जाओस्, आफन्तका मतसमेत सुनिश्चित गर्न सकेनन् ।

महिला उम्मेदवारमा सबभन्दा बढी मत सुमना कार्कीको थियो । चुनाव चिह्न जिप पाउनुभएकी कार्कीको कूल पाँच मत मात्रै खस्यो । घुम्ने कुर्सी चुनाव चिह्न पाएकी अर्का उम्मेदवार सङ्गीता पौडेल आचार्यले जम्मा दुई मत पाइन् भने स्कुटर चुनाव चिह्न पाएकी सुजाता देउजाको त झन् आफ्नो एक मत मात्रै खस्यो । उम्मेदवारी दिएका नौ वटा दलले महिलाको नाम उम्मेदवारको सिफारिसमा त पारे तर पार्टीबाट टिकट भने पाएनन् । पार्टीले महिलालाई उम्मेदवारमा पत्याएन ।

नेकपा भक्तपुर जिल्ला कमिटीले उम्मेदवारमा चार जनाको नाम सिफारिस गर्दा महिलातर्फ नारायणी फुयाँल एक जनाको नाम सिफारिस गरेर पठाएको थियो । अन्ततः पार्टीले टिकट भने जिल्ला सचिव ढकाललाई दियो । “नेकपाभित्र उम्मेदवार बन्न सक्षम र क्षमतावान् महिला धेरै छन् तर पार्टीमा लामो समयदेखि योगदान गरेकालाई टिकट दिनुपर्छ भन्ने हाम्रो पनि मान्यता हो”, यसबारेमा नारायणी भन्छिन्, “पार्टीले मेरो योगदानको मूल्याङ्कन गरेर नाम सिफारिस ग¥यो तर मेरो नाममा टिकट आएन, त्यसमा म दुःखी छैन, पार्टीमा अझै काम गर्नुपर्छ भन्ने मनन् गरियो र पार्टीको निर्णयलाई स्वीकार गरियो ।”

यसबारेमा नेकपाका भक्तपुर अध्यक्ष बचन देउजा पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने भएकाले महिला उम्मेदवार छनोटमा नपरेको बताउँछन् । नेपाली काँग्रेसले पनि चार जना महिलाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । जिल्लाले ११ जनाको नाम सिफारिस गर्दा महिलाको नाम पनि सिफारिस भए पनि केन्द्रले महिलालाई पत्याएन र भँडेललाई टिकट दियो ।

काँग्रेस जिल्ला सभापति दुर्लभ थापा उम्मेदवार बन्न लायक होनाहार महिला काँग्रेसमा भए पनि यो उपनिर्वाचनमा भने यहाँको माहोल हेरेर जित्ने रणनीतिक योजनाअनुसार टिकट दिएको बताउँछन् । पार्टीमा सक्षम नेतृत्व गर्ने महिला भएकाले नै जिल्लाले महिलाको नाम सिफारिस गरेको उनको भनाइ छ । दलको नेतृत्व तहले सजिलै महिला उम्मेदवारलाई विश्वास गरिहाल्ने अवस्था भने अझै नआएको राजनीतिक विश्लेषक सावित्री थापा बताउँछिन् ।

उनि भन्छिन्, “पितृसत्तात्मक समाजमा अझै पनि महिलाले गर्न सक्दिन भन्ने मान्यता दलको माथिल्लो निकायमै भएको र महिलाको पहुँच केन्द्रीय तहसम्म सजिलै नहुने भएकाले महिलालाई नेताहरुले सजिलै टिकट दिन नपत्याउने गरेको हुन् ।” उपनिर्वाचनमा पाँच मत ल्याउने उम्मेदवार कार्की भने घरदैलो हिँड्नसक्ने जमात, पैसा खर्च गर्नसक्ने जमात र आम मतदाताबीच राम्ररी भिज्न नसक्दा मत नआएको बताउँछिन् ।

यसबारेमा महिला उम्मेदवार पौडेल र देउजा पनि मतदाताले पनि सहजै महिला उम्मेदवारलाई विश्वास नगर्ने गरेको आफूहरुले पाएको बताउँछन् । उनीहरु महिलालाई महिलाको भोट पनि नआएको बताउँदै राजनीति गर्न र बलियो उम्मेदवार बन्न पहुँच, पैसा र जनतासँग धेरै घुलमिल भएको हुनुपर्ने रहेछ भन्ने आफूले बुझेको बताउँछन् ।
सविना केसी (रासस)

वि.सं.२०७६ मंसिर १८ बुधवार १९:४९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...