back
CTIZAN AD

आठ उम्मेदवारको जमानत जफत

वि.सं.२०७६ मंसिर १८ बुधवार

960 

shares

१८ मङ्सिर, गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा गत मङ्सिर १४ गते सम्पन्न प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आठ उम्मेदवारको जमानत जफत भएको छ ।

यस क्षेत्रको उपचुनावमा १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये मुख्य दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त वाम गठबन्धनका उम्मेदवार खिमबिक्रम शाही र नेपाली काँग्रेसका उम्मेदवार जीत शेरचनबाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जोगाउनका लागि सदर मतको १० प्रतिशत पाउनुपर्ने निर्वाचन ऐनमा उल्लेख छ । कूल ३५ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो जसमध्ये २० हजार ९७१ मत सदर भएको छ । उपनिर्वाचनमा ४२५ मत भने बदर भएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए ।

जमानत जफत भएका आठै जनाकोभन्दा बदर मत बढी देखिएको छ । उपनिर्वाचनमा कूल सदर मतको जमानत जोगाउन कम्तीमा दुई हजार ९८ मत ल्याउनुपर्ने थियो । तर आठ उम्मेदवारमध्ये एक जनाले मात्र सय कटाएका छन् । अरु सबै दोहोरो अङ्कमा सीमित भएका छन् ।

राष्ट्रिय दलको मान्यता प्राप्त पार्टी समाजवादी पार्टीका उम्मेदवारको पनि जमानत जफत भएको छ । बागलुङ–२ (ख) मा प्राप्त मतको आधारमा तेस्रो स्थानमा रहेका समाजवादीका उम्मेदवार अशोककुमार विकले जम्मा ३१६ मत प्राप्त गरेका थिए ।

नेकपाबाट बागी उठेर अन्ततः सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी फिर्ता लिएर वाम गठबन्धनलाई जिताउन लाग्नुभएका शेरमान घर्तीले ९५ मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गरेका छन् । जमानत जोगाएका विजयी उम्मेदवार शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत मात्र प्राप्त गरेका थिए ।(रासस)

वि.सं.२०७६ मंसिर १८ बुधवार १९:३७ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...